ट्राफिक चेकिङमै चल्छ सबैभन्दा बढी घुस


Kshamadevi Group


ट्राफिक प्रहरीले गर्ने सवारी चेकजाँचका क्रममा चालकले बढी घुस दिन खोज्ने गरेको पाइएको छ।

प्रहरी तथा सर्वसाधारणका यस्ता व्यवहारमा नियन्त्रण गर्न भन्दै प्रहरीले सुरु गरेकोे घुस लिने र दिने दुवैलाई कारबाहीमा ल्याउने अभियानले यस्तो देखाएको हो।

घुस दिने र लिने दुवै समाजका शत्रु भएको र यस्ता कार्यबाट गलत प्रवृत्ति बसेको भन्दै प्रहरीले यस्तो अभियान सुरु गरेको थियो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रवक्ता एसएसपी पूजा सिंहले ट्राफिक प्रहरीले गर्ने सवारी चेकजाँचका क्रममा बढी घुस दिन खोज्ने भेटिएको बताइन्।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने, कागजात नभएका तथा कागजात अद्यावधिक नगर्ने सर्वसाधारणले प्रहरीलाई प्रभावमा पार्नका लागि यस्तो अनुरोध गर्ने, कागजातका बीचमा रकम राखेर दिनेजस्ता गतिविधि गर्ने गरेको पाइएको प्रवक्ता सिंहले बताइन्।

हालसम्म प्रहरीलाई घुस दिएर प्रभावमा पार्न खोज्ने ३६ भन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको खबर केशवप्रसाद पाण्डे आजको राजधानीमा दैनिकमा लेखेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई समेत प्रचलित कानुनअनुसार मुद्दा चलाउने र घुस दिएको अवस्था तथा रकमको परिणामलाई आधार बनाएर सोहीअनुरूपको कारबाही गर्ने गरिएको छ। यस्तो अवस्थामा २ सयदेखि ३ हजार रुपैयाँसम्मको रकम दिने गरेको पाइएको छ।

त्यसपछि सर्वसाधारणले घुस दिन खोज्नेमा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँचलगायतका पर्छन्।

यस क्रममा आफ्नो गलत गतिविधि ढाकछोप गर्न तथा सम्भावित कारबाहीबाट जोगिन उनीहरूले यस्तो हर्कत गर्ने गर्दछन्। प्रहरीले यसका लागि फिल्डमा खटिने प्रहरी अधिकृत तथा जवानको गतिविधिलाई अनुगमन गर्न छुट्टै प्रहरीको टोली खटाउने गरेको छ।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 07:15:52
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...