थातथलो सुरक्षित नभएकालाई सरकारले वनको जग्गा दिने


Kshamadevi Group


सरकारले भूकम्पबाट प्रभावित व्यक्तिलाई घर बनाउन वन क्षेत्रको जग्गा उपलब्ध गराउने भएको छ।

थातथलोमा घर बनाउन योग्य जमिन नभएका भूकम्प प्रभावित सबै जिल्लाका पीडितलाई सरकारले वन क्षेत्रको जमिन उपलब्ध गराउन लागेको हो।

त्यसका लागि सरकारले वन क्षेत्रको जग्गा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत गरेको खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्। 

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २०७६ भित्र सबै भूकम्पपीडितलाई छानामुनि ल्याउने सरकारको नीतिअनुसार वन क्षेत्रको जमिन उपलब्ध गराउन लागिएको बताए ।

‘आफ्नो थातथलोमा भूकम्प र त्यसपछिको पहिरोका कारण बस्न योग्य जमिन नभएका पीडितलाई सरकारले सहज तरिकाले वन क्षेत्र उपलब्ध गराउनेछ,’ सरकारका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भने, ‘सबैको घर बन्ने अवस्था सिर्जना होस् भनेर सरकारले कार्यविधि खुकुलो बनाएको छ।’

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 07:51:15
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...