चुनावबाट चुनिन डराए कांग्रेसका केन्द्रीय सदस्यरू, स्वतः प्रतिनिधि बन्न पाउने प्रावधानकै पक्षमा


Kshamadevi Group


कांग्रेसमा अहिले कायम रहेको स्वतः प्रतिनिधि बन्ने प्रावधान हटे केन्द्रीय पदाधिकारीसहित सदस्यहरू वडा तहमै पुगेर क्षेत्रीय प्रतिनिधिबाट प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

गाउँ तथा नगरपालिकाको एउटा वडाबाट न्यूनतम ९ क्षेत्रीय प्रतिनिधि चुनिन्छन्। तिनैले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमा २४ प्रतिनिधि चुन्छन्।

केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले दोस्रो चरणमा महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा गर्नुपर्छ। त्यसमा छनोट भए मात्र केन्द्रीय कार्यसमितिको ढोका खुल्छ।

यी दुई प्रतिस्पर्धा गर्न अधिकांश केन्द्रीय सदस्य असुरक्षित ठानिरहेका छन् । ८५ सदस्यीय कार्यसमितिमा एक दर्जनजतिले मात्रै निर्वाचनको पक्ष लिएका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

केही सदस्य नेताहरूबाट जस्तो निर्णय आउँछ, त्यसैलाई मान्ने पक्षमा छन्। बहुमत सदस्य भने स्वतः प्रतिनिधिको प्रावधान कुनै हालतमा हटाउन नहुने पक्षमा छन्।

विधान संशोधनका लागि सुझाव संकलन गर्ने बेलामै ७७ जिल्ला र सातै प्रदेशबाट स्वतः प्रतिनिधिको प्रावधान हटाउन सुझाव आएको थियो। मस्यौदा समितिका सदस्य प्रदीप पौडेलका अनुसार प्रारम्भिक मस्यौदामा स्वतस् प्रतिनिधि बन्ने व्यवस्था राखिएको पनि थिएन।

छलफलका लागि केन्द्रीय कार्यसमिति आइपुग्दा यस्तो प्रावधान थपियो। विरोधको स्वर मत्थर पार्न जिल्ला सभापति र क्षेत्रीय सभापतिलाई पनि स्वतः क्षेत्रीय प्रतिनिधि हुने प्रावधानमा पारियो। यस्तो प्रावधान जिल्ला र क्षेत्रीय सभापतिको हकमा यसअघि थिएन।

‘हामी त जिल्लामै लड्ने, भिड्ने भनेर राजनीति गरेका हौं। हामीले स्वतः क्षेत्रीय प्रतिनिधि चाहिन्छ भनेका थिएनौं, यस्तो व्यवस्था हामीलाई चाहिएको पनि छैन,’ भक्तपुर जिल्ला कार्यसमितिका सभापति दुर्लभ थापाले भने, ‘७७ जिल्लाकै सभापतिको एउटै माग छ, सबै नेताहरू तलबाटै निर्वाचित भएर जानुपर्छ। महासमितिको ‘म्यान्डेट’ पनि यही हो।’

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 07:38:09
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...