ओली सरकारका मन्त्रीले अझै सार्वजनिक गरेनन् सम्पत्ति विवरण


Kshamadevi Group


मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका २५ जना मन्त्रीले नयाँ सम्पति विवरण सार्वजनिक गर्न आलटाल गरेका छन्।

कतिपयले त भ्रष्टचार निवारण ऐनलाई समेत चुनौती दिदै निर्धारित समयमा सम्पति विवरण वुझाउन अटेर गरेका छन्। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

भ्रष्टचार निवारण ऐन २०५९ को दफा ५० अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुले आर्थिक वर्ष सकिएको ६० दिन भित्र आफु र आफ्नो परिवारको नाममा रहेको सम्पति विवरण सरकार समक्ष बुझाउनु पर्ने प्रावधान छ । त्यसरी बुझाइएको सम्पति विवरण सार्वजनिक समेत गर्नुपर्ने परम्परा छ । सो परम्परा विपरित प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पति विवरण सार्वजनिक नगरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीले आर्थिक वर्ष सकिएको ६० दिन भित्र सम्पति विवरण वुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर त्यस विपरित अहिले सम्म उनीहरुले सम्पति विवरण सार्वजनिक गर्न सकेका छैनन्।

भ्रष्टचार निवारण ऐन अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुलाई सम्पति विवरण बुझाउने समय भदौ मशान्त सम्म मात्रै थियो । सोअवधि सकिएको ४ महिना वितिसक्दा समेत झण्डै आधा मन्त्रीहरुले सम्पति विवरण नै नवुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

समयमा सम्पति विवरण नवुझाउने मन्त्रीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैया जरीवाना गराउन सक्छ । जरिवाना गरि त्यस्ता मन्त्रीको सम्पति शंकास्पद रहेको अनुमान गरि अख्तियारले छानवीन समेत गर्न सक्ने कानुनी प्रावधान छ।

सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री गोकुल बाँस्कोटाले सम्पत्ति सार्वजनिक गर्ने विषयमा छलफल भएको तर सबै मन्त्रीको विवरण नआएकाले समस्या भएको बताए। ‘यसलाई ठूलो इस्यु बनाउन जरुरी छैन, आवश्यकताअनुसार सम्पत्ति विवरण सार्वजनिक हुनेछ’, उनले भने।

प्रधानमन्त्री कार्यालयका अनुसार सबै मन्त्रीहरुको सम्पति विवरण प्राप्त नभएकाले सार्वजनिक गर्ने सम्बन्धमा समस्या भएको हो । स्रोतका अनुसार केहि मन्त्रीहरुको सम्पति गत वर्ष भन्दा बढेकाले पनि सम्पति विवरण वुझाएर सार्वजनिक गर्न अनिच्छुक देखिएका छन् ।

प्रकाशित ६ माघ २०७५, आइतबार | 2019-01-20 07:23:07
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...