मर्यादाक्रममा गाउँपालिकाका अध्यक्षसँगै राखिएपछि प्रमुख जिल्ला अधिकारीहरु असन्तुष्ट


Kshamadevi Group


मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक

सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेपछि देशभरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आपत्ति जनाएका छन्।

उनीहरुले नयाँ मार्यादाक्रममा संघीय सरकारका प्रतिनिधिसमेत रहेका प्रजिअलाई स्थानीय तहका जनप्रतिनिधिसरह राखेर अपमान गरेको भन्दै आपत्ति जनाएका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

कानुन कार्यान्वयनको क्षेत्राधिकार, भौगोलिक, प्रशासनिक र न्यायिक क्षेत्रलाई समेत ध्यान दिएर मर्यादाक्रम सरकारले सिडिओ र स्थानीय तहका प्रतिनिधिलाई एउटै बास्केटमा राखेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्।

‘देशभरका सिडिओले यसमा आपत्ति जनाएका छन्। केहीले गृहसचिव सचिव प्रेमकुमार राईलाई भेटेर आपत्ति जनाएका छन् भने केहीले सहसचिव महादेव पन्थसँग फोनबाट आपत्ति जनाएका छन्। केहीले सहसचिव रामकृष्ण सुवेदीसमक्ष आपत्ति जनाएका छन्’, मन्त्रालय स्रोतले भन्यो।

सिडिओले न्यायपालिका, कार्यपालिका र व्यवस्थापकीय भूमिकासमेत निर्वाह गर्नुपर्छ तर जनप्रतिनिधि सबै त्यो भूमिकामा हुँदैनन्। त्यसकारण कानुन कार्यान्वयनका दृष्टिले पनि नयाँ मर्यादाक्रम सुझबुझ ढंगले नआएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन्।

‘सिडिओ कमजोर भयो भने मुख्यन्त्रीसम्मलाई सुरक्षा चुनौती हुनसक्छ। जिल्लामा कानुन कार्यान्वयनको प्रमुख जिम्मेवारी सिडिओकै हो। त्यसकारण कानुनी दृष्टिले पनि मर्यादाक्रमले मनोबल खस्किएको छ’, मन्त्रालयमा असहमति प्रकट गर्ने एक सिडिओले भने।

मर्यादाक्रम तयार पार्ने मन्त्रालयका सहसचिव पन्थ भने सिडिओहरुको गुनासो आउन थालेपछि आइतबारदेखि बिदामा बसेका छन्। ‘गुनासो आउन थालेको होला, मलाई थाह छैन, म बिदामा छु, केही समस्या देखिएको छ’, पन्थले भने, ‘गुनासो आउन सक्छ, आयो होला तर सरकारले यसलाई पास गरिसकेको छ।’

मर्यादाक्रममा संघीय सरकारका प्रतिनिधिसमेत रहेका प्रजिअलाई स्थानीय तहका जनप्रतिनिधिसरह राखेर अपमान गरिएको भन्दै असन्तुष्टि व्यक्त गत वर्षको माघ २६ गते सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूको मर्यादाक्रम हेरफेर गरेको थियो।

त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई तल राखिएकोमा विवाद सिर्जना भएपछि अहिले फेरि मर्यादाक्रममा फेरबदल गरिएको हो। माद्द २६ मा मर्यादाक्रम सार्वजनिक भएपछि सिडिओहरुले राजनीतिक र प्रशासनिक दुईवटा मर्यादाक्रम बनाउन मन्त्रालयलाई सुझाव दिएका थिए। ‘हामीले क्षेत्राधिकारको कुरा उठाएका हौं।

गाउँपालिकाभित्र जनप्रतिनिधिलाई नै अगाडि राख्दा हुन्छ तर एउटा गाउँपालिकाको अध्यक्ष वा नगरपालिकको प्रमुखले जिल्लाभरको कानुन कार्यान्वयन, प्रशासनिक र न्यायिक क्षेत्रको नेतृत्व गर्ने अवस्था छैन। त्यसकारण हामीले आफ्नो क्षेत्राधिकारको विषयमा कुरा उठाएका हौं।

सिडिओ भनेको केन्द्रीय सरकारको प्रतिनिधि पनि हो त्यसकारण राजनीतिक र प्रशासनिक मर्यादाक्रम गरी दुईवटा बनाउन सुझाव दिएका थियौं’, एक सिडिओले भने। मन्त्रालयका सहसचिव पन्थले भने यस्तो सुझावबारे आफूलाई जानकारी नभएको बताए।

सरकारले केही दिनअघि सार्वजनिक गरेको मर्यादाक्रममा संवैधानिक आयोगका सदस्य र महानगरपालिकाका मेयरको स्थान एउटै छ। काठमाडौं महानगरपालिकाका मेयर र सरकारका मुख्यसचिवको मर्यादाक्रम एउटै छ। यसअघि सचिवभन्दा काठमाडौं महानगरपालिकाका मेयर एक तहमुनि थिए।

प्रकाशित २ माघ २०७५, बुधबार | 2019-01-16 05:47:04
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...