एमबिबिएस भर्नाः सरकारले तोकेको भन्दा १४ लाखसम्म वढी असुल




चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कलेजहरूले मनपरी शुल्क लिएका छन् ।

सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजारसम्म लिएर एमबिबिएस पढाउन सकिने व्यवस्था गरेको छ । तर, मेडिकल कलेजहरूले १४ लाखसम्म बढी शुल्क लिएको भेटिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क असुलेको खुलेको छ । गत २६ असोजमा सरकारले एमबिबिएसमा उपत्यकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौंबाहिरका कलेजलाई ४२ लाख ४५ हजार शुल्क निर्धारण गरे पनि नेसनल मेडिकल कलेजले ५५ लाख ८५ हजार पाँच सय उठाएको भेटिएको हो।

नेसनलले विद्यार्थीबाट चर्को असुल्दै सरकारलाई नियम मानिरहेको देखाउन दोहोरो बिल बनाउने गरेको पनि सूचना चुहिएको छ । विभिन्न सेवा शीर्षक राखेर सरकारले तोकेभन्दा १४ लाख बढी शुल्क असुलेको पीडित विद्यार्थीले नयाँ पत्रिकालाई बताए ।

कलेजले दुईथरी बिल बनाउने गरेको पनि उनीहरूको भनाइ छ । नेसनल मेडिकल कलेज यसअघि पनि बढी शुल्क असुलेका कारण विवादमा तानिएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले सरकारी निर्णय उल्लंघन गर्दै भर्ना शुल्कमा मनोमानी गरेको चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएमका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि स्विकार्छन् ।

शुल्क तोके पनि सरकारले कार्यान्वयनमा कडाइ नगर्दा मेडिकल कलेजहरूले मनलाग्दी गरिरहेको उनले बताए । ‘मेडिकल कलेजहरूले निर्धारण गरेको शुल्क गैरकानुुनी छ, तर सरकारले आफ्नै निर्णय कार्यान्वयन गरेको छैन,’ अग्रवालले भने ।

सीधै कारबाही गर्न मिल्ने कानुन भएन
रामप्रसाद आचार्य, सिडिओ, काठमाडौं
सरकारले मेडिकल कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको पाइए कारबाही गर्नू भनेर परिपत्र गरेको छ । तर, कुन नियम–कानुनमा टेकेर कारबाही गर्ने भन्ने यकिन छैन ।

उजुरी आएमा जिल्ला प्रशासन कार्यालय भएको नाताले पनि हामी कानुन खोजेर बस्ने पक्षमा छैनौँ । सरकारी वकिलसँग यस विषयमा छलफल गर्नुपर्ने देखिएको छ । तर, कसैले बढी रकम लिएको छ भन्ने उजुरी गरेमा प्रहरीलाई परिपत्र गरेर भए पनि हामी कारबाही गर्नेछौँ ।

विद्यार्थी र अभिभावक कलेजको डरका कारण पनि खुल्न चाहेको अवस्था छैन । प्रचलित कानुनअनुसार नभएकाले हामीले पनि यो विषयलाई गम्भीरताका साथ भने लिएका छौँ ।

प्रकाशित २९ पुस २०७५, आइतबार | 2019-01-13 08:20:30
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।