वडाध्यक्ष नै सुन तस्करीमा, प्रहरीद्वारा तस्करलाई जोगाउने प्रयास



सिरहाको गोलबजार– ९ धुर्मीखोलानजिकबाट तस्करीको पौने दुई किलो सुन बरामद गरेको सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ।

शनिबार बिहान भारतीय नम्बरप्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीनजनालाई लुकाएको खुलेको हो।

सार्वजनिक गरिएका एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीनजना पक्राउ परेको जानकारी केही घन्टापछि दिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुरेन्द्रकुमार कामती र मणिलाल विश्वकर्माले लेखेका छन्।

सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको टोलीले सुनसहित उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार लहान नगरपालिका– १९ का वडाध्यक्ष मोहम्मद हकिमसहित सप्तरीका मोहम्मद अफरोज र मोहम्मद रहमान पक्राउ परेका हुन् । उनीहरूको फोटोसमेत सार्वजनिक गरिएको छ ।

सुरुमा प्रहरीले सुन, ६ वटा मोबाइल र साढे ३४ हजारसहित गाडीचालक मोहम्मद रियाज राइन, मोहम्मद अमिरुल खान र मोहम्मद कैयुम राइनलाई सार्वजनिक गरेको थियो । तर, अमिरुल खानले अन्य तीनजना पनि पक्राउ परेको पत्रकारमाझ बताएपछि प्रहरी अप्ठ्यारोमा परेको थियो । पत्रकारले थप बुझ्न खोज्दा एक–दुई घन्टापछि आउनुस् भन्दै एसपी सोपप्रसाद गुरुङले सम्मेलन सक्काएका थिए।

वडाध्यक्ष मोहम्मद हकिमसहित तीनजनालाई यसरी लुकाउन खोजियो
सुन बरामद भएसँगै सशस्त्र प्रहरीका २ नम्बर बाहिनी बर्दिवासका प्रमुख डिआइजी प्रवीणकुमार श्रेष्ठ पनि सिराहा आइपुगेका थिए । पत्रकार सम्मेलनमा उनले पक्राउ परेकाहरूसँग सुन किनेको बिल रहेको भन्दै एक–दुई दिनमा छुट्ने घोषणा नै गरे ।

सुरुमा पक्राउ परेका मोहम्मद कैयुम र अमिरुल खानले आफूहरूले विदेशमा श्रम गरेर फर्किंदा सुन ल्याएको बताएका थिए । कैयुम कतारमा दुई वर्ष बसेर फर्किएको तथा खान कतारबाटै चार महिनाका लागि बिदामा आएको बताउँछन् ।

उनीहरूलाई प्रहरीले बोल्न सिकाएको आशंका छ । गाडीचालक रियाजले भने नचिनेको व्यक्तिले आफूलाई झोला थमाएको बताएका छन् । पत्रकार सम्मेलनमै कैयुम र खानले अन्य तीनजना पनि सुन तस्करीमा संलग्न भएको बताएपछि प्रहरीले दुईजनालाई बोल्न सिकाएको र अन्य तीनजनालाई लुकाउन खोजेको खुलेको थियो ।

प्रहरी स्रोतका अनुसार राजनीतिक दल र व्यवसायीहरूको प्रभावमा तीनजनालाई लुकाउन खोजिएको थियो ।

प्रकाशित २९ पुस २०७५, आइतबार | 2019-01-13 06:55:58
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...