त्रिविको जग्गामा प्राध्यापक र कर्मचारीको रजाइँ



त्रिभुवन विश्वविद्यालयको जग्गा ओगटेरका प्राध्यापक र कर्मचारीले त्यसलाई आफूअनुकूल भाडामा लगाएर कमाइको थलो बनाएका छन्।

नेपाल प्राध्यापक संघ, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले आफूखुसी जग्गा भाडामा लगाएका हुन्। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन्।

नेपाल प्राध्यापक संघले मात्रै जग्गाभाडाबाट मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छ । त्यस्तै कर्मचारी संघले १ लाख र त्रिवि प्राध्यापक संघले १ लाख २५ हजार रुपैयाँ असुल्छन् । तर, यो रकम विश्वविद्यालयको खातामा पुग्दैन ।

जग्गाभाडाको आम्दानी पारदर्शी नरहेको कर्मचारी र प्राध्यापक बताउँछन्। कर्मचारी संघका पदाधिकारीले न्यून रकममा भाडा लगाएर अनियमितता गरेको कर्मचारीको आरोप छ । प्राध्यापक संघले पनि ठेक्कामा ‘साँठगाँठ’ गर्ने गरेको आरोप छ ।

जग्गा प्राप्ति ऐन २०३४ को दफा ४ अनुसार अधिग्रहण गरिएको जग्गा कर्मचारी, मजदुर बस्ने घर बनाउन प्रयोग गर्न सकिन्छ । तर, यहाँ संघका सीमित पदाधिकारीले त्यसलाई व्यापारिक स्वार्थमा प्रयोग गरिरहेका छन्।

बल्खुबाट चोभारतर्फ जाँदा त्रिवि गेटअगाडि रहेको जग्गा र सटर कर्मचारी संघ र प्राध्यापक संघले व्यवसायीलाई भाडामा दिएका हुन् । कर्मचारी संघले विश्वविद्यालयको जग्गामा पेट्रोल पम्प राख्न दिएको छ ।

कागजी रूपमा मासिक जम्मा ३५ हजार लिने गरी २०६७ देखि रसकटर पेट्रोल पम्पलाई जग्गा दिएको हो । ‘मूल बाटोको यति धेरै जग्गा १५ वर्षसम्मका लागि सस्तोमा भाडा किन दिइयो रु हामीले आवाज उठाए पनि कतैबाट छानबिन भएन,’ एक कर्मचारीले भने, ‘आर्थिक पारदर्शिता छैन । विश्वविद्यालयको जग्गालाई प्राध्यापक र कर्मचारी संघले कमाइखाने भाँडो बनाएका छन्।’

 

प्रकाशित २९ पुस २०७५, आइतबार | 2019-01-13 05:45:12
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...