विद्यार्थी गर्छन् कक्षा कोठाभित्रै योग



‘शान्त हुनुस्,’ कक्षाकोठामा माइकबाट निर्देशन आउँछ, ‘अब योग सुरु हुँदै छ ।’

नियन्त्रण कक्षबाट शिक्षकले सीसी क्यामराले २३ वटै कक्षाकोठा नियाल्छन्। विद्यार्थी र शिक्षक जब ध्यानपूर्वक शान्त भएर बस्छन्, कन्ट्रोल कक्षबाट मधुरो संगीत पठाइन्छ।

लगातार ५ मिनेट सबै कक्षाकोठाका विद्यार्थी र शिक्षक आँखा चिम्लिएर ध्यानमा बस्छन् । ‘मेडिटेसन पिरियड’ सकिएपछि शिक्षकले माइकबाट शुभकामना दिन्छन्, ‘आजको दिन सबैको सुखमय रहोस्, राम्रोसँग अध्ययन गर्नुहोला।’

मध्याह्नको छुट्टीपछि पनि योग दोहोरिन्छ । घण्टी लाग्नेबित्तिकै त्यसैगरी शिक्षकले सबै कक्षामा ध्वनि पठाउँछन् र भन्छन्, ‘शान्त हुनुहोला ।’ अनि मधुरो संगीत बजाएर ५ मिनेट ध्यान गराउँछन्।

रामेछापको सदरमुकामस्थित मन्थली माविमा ध्यान हुन थालेको एक वर्ष भएको छ।

‘यसले अनुशासन र नैतिक शिक्षामा वृद्धि गराएको छ,’ शिक्षक चन्द्रसिं धामीले भने, ‘ध्यानले विद्यालय प्रशासनको काम धेरै घटाएको र विद्यार्थीलाई नियमित विद्यालयमा आउने दरमा सुधार ल्याएको छ।’ यो खबर आजको कान्तिपुर दैनिकमा रामेछापबाट टीकाप्रसाद भट्टले लेखेका छन्।

धामीका अनुसार पहिले विद्यार्थीबीच दैनिक दुई चार झगडा मिलाउनुपथ्र्यो । ध्यान गराउन थालेपछि झैझगडा स्वात्तै घटेको उनको अनुभव छ । ‘अहिले वर्षको एकाधभन्दा बढी झगडाका विषय विद्यालय प्रशासनले मिलाउनुपरेको छैन।’

विद्यार्थीलाई अध्ययनशील बनाउन र समयको पालना गराउन पनि ध्यानले बल पुर्‍याएको शिक्षकहरू ठान्छन् । ‘पहिले प्रार्थना सकेर कक्षाकोठामा पसेपछि हामी धेरैबेर कल्याङमल्याङ गथ्र्यौँ,’ कक्षा १० का एक छात्र भन्छन्, ‘आँखा चिम्लिएर ध्यानमा बसेपछि वातावरणै फरक हुन्छ, एकाग्रता आउँछ।’

२०७४ मंसिरमा उक्त विद्यालयका केही शिक्षक ओमशान्तिमार्फत भारतको मधुवनी जाँदा यही सिकेर आए । सीसी क्यामेराका साथै सबै कक्षामा माइकको व्यवस्था गरेपछि राजयोग सहज भयो।

प्रधानाध्यापक टंकप्रसाद दाहाल बालअधिकार र मानवअधिकारका दृष्टिले कक्षाकोठामा जडित सीसी क्यामेराप्रति सधैँ संवेदनशील भएको बताउँछन् । उनले ध्यान गराउन र महत्त्वपूर्ण सूचना सम्प्रेषण गर्न विद्यालयको नियन्त्रण कक्ष प्रयोग हुने बताए । ‘यो कक्ष हामीले विद्यार्थीलाई मनोरन्जन र नैतिक आचरणमा सुधारका लागि प्रयोग गरेका हौँ,’ उनले भने।

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 08:46:40
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...