विश्वमा कुन देशको सैन्य शक्ति कति ? यी हुन् सेना नै नभएका देश



सीमा सुरक्षा विश्वका हरेक देशको प्राथमिकताको विषय हो।

देशभित्र र बाहिरबाट हुनसक्ने सम्भावित हमला रोक्न सीमानामा सैनिक तैनाथ गरिएको हुन्छ।

तर, शक्तिशाली देशको उद्देश्य यतिमा मात्रै सीमित रहन्छ भन्ने होइन। विश्वभर आफ्नो प्रभुत्व कायम राख्न उनीहरुले सेनाका लागि ठूलो धनराशी खर्चेका हुन्छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

अमेरिकाः संसारको सबैभन्दा शक्तिशाली सेना अमेरिकासँग छ। अमेरिकासँग २० लाख ८३ हजार १ सय भन्दा धेरै सेना छ। विश्वका धेरै देशमा अमेरिकी सेना तैनाथ छन्।

अमेरिकी सेनासँग १३ हजा ३ सय ६२ आधुनिक विमान छन्, जसमा एक हजार ९ सय ६२ वटा त युद्धविमान नै छन्।

रुसः भूगोलका हिसाबले रुस विश्वको सबैभन्दा ठूलो देश हो। रुसमा ३५ लाखभन्दा वढी सैनिक छन्। यी सैनिक विश्वका धेरै देशमा छरिएर रहेका छन्।

चीनः संसारको सबैभन्दा धेरै जनसंख्याको बसोबास चीनमा छ। चीनसँग २६ लाख ९३ हजार सैनिक छन्।

भारतः संसारका विकसित देशहरुको दाँजोमा भारत निकै पछाडि छ। भारतसँग सैनिकको संख्या ४२ लाख छ। भारतीय सेनासँग २ हजार १ सय ८५ वटा विमान छन्।

बेलायतः बेलायती सेना आफ्नो बहादुरीका लागि संसारभर प्रसिद्ध छ। सैन्य क्षमताका हिसाबले यो देश छैटौँ स्थानमा आउँछ। बेलायतसँग २ लाख ७९ हजारभन्दा धेरै सैनिक छन्।

त्यसैगरी फ्रान्सँग २ लाख ८८ हजार, दक्षिण कोरियासँग ५८ लाख भन्दा धेरै, जापानसँग ३ लाख १० हजार भन्दा धेरै, उत्तर कोरियासँग ६४ लाख ४५ हजार, ब्राजिलसँग १९ लाख ८७ हजार, टर्कीसँग ७ लाख १० हजार भन्दा धेरै, जर्मनीसँग २ लाख ८ हजारभन्दा धेरै सैनिक छन्।

संसारमा सेनाविहिन देश पनि छन्। फ्रान्स र स्पेनजस्ता शक्तिशाली देशको बीचमा एन्डोरा भन्ने देश छ। यो देशमा सेना छैन। त्यस्तै कोस्टारिका, मोनाकोसँग पनि सेना छैन।

त्यस्तै हैटी, किरीबाटी, लेच्टेन्सस्टियन, मार्सल आइल्याण्ड, मोरिसियस, माइक्रोनेसिया, पालाउ, पानामा, समोआ, सोलोमन आइल्याण्ड, टुभाुल र भानुआतुले सीमानामा सैनिक राख्दैनन्।

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 07:42:55
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...