ठूला व्यापारीको होटल मोहः विश्वभरी होटेल साम्राज्य फैलाउँदै चौधरी समूह




मारवाडी समुदायको सुरुवाती व्यवसाय कपडा व्यापार थियो।

विभिन्न खाद्यान्न उद्योग हुँदै वित्तिय क्षेत्रमा प्रवेश गरेका मारवाडी व्यवसायी सिमेन्ट उद्योगमा पनि राम्रोसँग जमे।

नयाँ पुस्ताको आगमनसँगै व्यवसाय विस्तारमा जुटिरहेका मारवाडी परिवारको आकर्षण टे«डिङसँगै हस्पिटालिटी बिजनेशमा देखिएको छ। उनीहरु होटेल खोल्ने होडबाजीमा देखिन्छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवीन अर्याल र अच्युत पुरीले लेखेका छन्।

०४६ सालपछि उदायका ठूला व्यवसायी र पुराना नेवार साहुजी पनि होटल खोल्ने दौडधुपमा छन्। अधिकांश ठूला व्यापारीको पोर्टफोलियोमा होटेल व्यवसाय थमिन लागेको छ।

चौधरी समूहले विश्वभरी होटेलको साम्राज्य फैलाउँदै लगेको छ। ठूला व्यापारीले होटेल आफैँ चलाउँदैनन्, होटेल बनाइदिने मात्र हो।

उनीहरुले विदेशमा ख्याती कमाएका बहुराष्ट्रिय ब्राण्डलाई होटेल व्यववस्थापनको जिम्मेवारी सुम्पिरहेका छन्।

विनोद चौधरी, प्रभाकर शमशेर, शशिकान्त अग्रवाल, चन्द्र ढकाल, साहिल अग्रवाल, दिवाकर गोल्छा, अनुज अग्रवाल, मोती दुगड, शेष घले, रविभक्त श्रेष्ठ, पवन गोल्यान, अजेय सुमार्गी लगायतका ठूला व्यापारीले होटलमा लगानी गरिरहेका छन्।

चौधरी समूह विश्वभर फैलाउँदै होटेल साम्राज्य
हस्पिटालिटी बिजनेसमा सबैभन्दा बढी चम्किएको घराना हो, चौधरी समूह । देशभित्र मात्र होइन, विश्वभर चौधरी समूहका लक्जरी होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । चौधरीका डेढ दर्जन मुलुकमा एक सय २५ हाराहारीमा होटेल सञ्चालित छन् । अझै दर्जनौँ होटेल धमाधम निर्माण भइरहेका छन् ।

दुई दशकअघि श्रीलंका र माल्दिभ्समा ताज समूहसँग साझेदारी गरेर होटल क्षेत्रमा छिरेको चौधरी समूहले विश्वभर होटेल साम्राज्य फैलाउँदै छ । अहिले नेपालसँगै भारत, श्रीलंका, माल्दिभ्स, चीन, अफ्रिका हुँदै अमेरिकासम्म डेढ दर्जन मुलुकमा चौधरी समूहका होटेल छन् ।

एमएस समूह
म्यारियट होटेल
उत्पादनमूलक उद्योगमा जमिरहेको व्यावसायिक घराना एमएस समूह एकैपटक दुईवटा होटेलमा लगानी गरी हस्पिटालिटी बिजनेसमा प्रवेश गरेको छ । ठमेलमा चारतारे फेयरफिल्ड म्यारियट होटेल सञ्चालनमा ल्याइसकेको समूहको नक्सालमा बनिरहेको पाँचतारे म्यारियट होटेल सञ्चालनको अन्तिम तयारीमा छ ।

एक सय १० कोठा रहेको ठमेलको होटेलमा एक अर्बभन्दा बढी लगानी भएको छ । यस्तै दुई सय २० कोठा रहने नक्सालको होटेलमा तीन अर्बभन्दा बढी लगानी हुँदै छ । दुवै होटेलमा प्रख्यात बहुराष्ट्रिय ब्रान्ड म्यारियटले व्यवस्थापन सम्हाल्दै छ । व्यापार विविधीकरण गर्ने क्रममा होटेलमा हात हालेको बताउँछन्, एमएस समूहका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल ।

आइएमई समूह
चन्द्रागिरि हिल्स रिसोर्ट
व्यवसायमा पछिल्लो समय चम्किएको आइएमई समूहले चन्द्रागिरिमा पाँचतारे रिसोर्ट निर्माण गरिरहेको छ । यो रिसोर्टमा भाटभटेनी समूहको पनि लगानी छ । व्यवसायी चन्द्र ढकालको नेतृत्वमा निर्माण भइरहेको रिसोर्टमा सय कोठा हुनेछन् । रिसोर्ट सञ्चालनको अन्तिम तयारीमा छ ।

चन्द्रागिरि डाँडोमा केवलकार, फनपार्क, होटेल, रेस्टुरेन्टसहितको परियोजनामा झन्डै पाँच अर्ब लगानी पुगिसकेको ढकाल बताउँछन् ।

एनई समूह
सोल्टी समिट, ताज भिभान्ता
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले नेतृत्व गरेको एनई समूहले होटेलमा लगानी बढाइरहेको छ । एनई समूहको सब्सिडारिटी कम्पनी शिवक्रिमको सोल्टी, समिट र ताज भिभान्ता होटेलमा लगानी छ ।

एनई समूहले समिट र ताज भिभान्तामा चौधरी समूहसँग साझेदारी गरेको हो । देशका विभिन्न ठाउँमा लक्जरी होटेल चलाउन आफूहरू सक्रिय रहेको श्रेष्ठ बताउँछन् । सोल्टी समूह र शिवक्रिमले संयुक्त रूपमा तारे होटेल म्यानेजमेन्ट कन्ट्र्याक्टमा पनि चलाउने तयारीमा छन् ।

एनई समूहको नेसनल आइसक्रिम इन्डस्ट्रिज, नेसनल इन्भेस्टमेन्ट एन्ड क्यापिटल मार्केट ९एनआइसिएम०, नेसनल सप इन्डस्ट्री, युनिलिभर, युनाइटेड इन्स्योरेन्स, शिक्षा, ट्राभल, स्टिल, सेन्थेटिक, जलविद्युत्, स्वास्थ्य, हस्पिटालिटीलगायत क्षेत्रमा लगानी छ।

शेष घले
सेराटन होटेल
गैरआवासीय नेपाली शेष घलेले ठूलो लगानी गरेर काठमाडौंको कान्तिपथमा ‘सेराटन काठमाडौं होटेल’ सञ्चालनमा ल्याउँदै छन् । उनको होटेल सुरुमै आठ अर्ब लगानी घोषणा गरेर निर्माण थालिएको थियो ।

होटेलको भौतिक संरचना धमाधम निर्माण भइरहेको छ । सन् २०२० सम्म होटेल सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ । १४ रोपनी क्षेत्रफलमा फैलिने होटेलमा दुई सय २५ कोठा हुनेछन् । बहुराष्ट्रिय कम्पनी सेराटनले यो होटेलको व्यवस्थापन सम्हाल्दै छ ।

गोल्छा र विशाल समूह
द लिफ रिसोर्ट
विशाल र गोल्छा समूहले होटेलमा साझेदारी गर्दै छन् । दुई ठूला घरानाको लगानीमा नगरकोटमा लक्जरी बुटिक रिसोर्ट द लिफ सञ्चालनमा आउन लागेको हो ।

बुटिक रिसोर्टमार्फत दुवै घरना पहिलोपटक हस्पिटालिटी बिजनेसमा प्रवेश गर्न लागेका हुन् । दिवाकर गोल्छाका छोरा हितश रिसोर्ट निर्माणमा सक्रिय छन् । करिब ७० रोपनी क्षेत्रफलमा फैलिने रिसोर्टमा ३० कोठा रहनेछन् । रिसोर्टमा अर्गानिक फार्मिङ, साइक्लिङ, मेडिटेसन, स्पा, मसाज, हेल्थ क्लबलगायत सुविधा रहेछन् ।


अजेयराज सुमार्गी
पाँचतारे होटेल बनाउने घोषणा
पछिल्लो दशकमा उदाएका अजेयराज सुमार्गीले पनि पाँचतारे होटेलमा लगानी गरेर हस्पिटालिटी बिजनेसमा प्रवेश गर्ने घोषणा गरिसकेका छन्।

उनले पाँच अर्ब लगानीमा दुई सय २० कोठाको होटेल बनाउने घोषणा गरेका हुन् । विदेशबाट लगानी भित्र्याएर होटेल निर्माण गर्ने तयारीमा रहेका सुमार्गीको पैसा अवैध भएको शंकामा छानबिनसमेत भइरहेको छ ।

 

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 05:50:24
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।