रजिस्टरमा विद्यार्थी संख्या ४७, कक्षामा शून्य




मनेलाल जनता माविका विद्यार्थी।
मनेलाल जनता माविका विद्यार्थी।

अभिलेखअनुसार सखुवानन्कारकट्टी गाउँपालिका-२, सोठियाइनस्थित मनेलाल जनता माविमा कक्षा ११ र १२ मा ४७ विद्यार्थी अध्यनरत छन्।

कक्षा ११ मा २५ र कक्षा १२ मा २२ जना विद्यार्थी रहेकाे अभिलेखमा उल्लेख छ। तर विद्यालय पुग्दा न अभिलेखमा भएका विद्यार्थी भेटिए न पढाउने शिक्षक नै। याे खबर सिरहाबाट मिथिलेश यादवले अाजकाे नागरिक दैनिकमा लेखेका छन्। 

भेटियो त विद्यार्थीको अभिलेख भरिएको रजिस्टर मात्र। रजिस्टरमा नाम भएका विद्यार्थी कक्षामा पढ्न आउँदैनन्। कक्षामा पढ्न नआए पनि उनीहरू परीक्षा फाराम भर्छन्, तोकिएको परीक्षा केन्द्रमा पुग्छन् र परीक्षा दिन्छन्।

०६७-०६८ सालमा ११ र १२ कक्षा सञ्चालन अनुमति पाएको मनेलाल माविका पहिलो ‘ब्याच’ का विद्यार्थीले नियमित कक्षा लिन आएको शिक्षकहरु बताउँछन्।

तर, पछिल्लो ‘ब्याच’ का विद्यार्थी कक्षामा उपस्थित नभईकन वार्षिक परीक्षामा सहभागी हुँदै आएका छन्। विद्यार्थीले वर्षभरिको शुल्क पनि एकमुष्ट तिर्छन्।

विद्यालयले विभिन शीर्षकमा कक्षा ११ का विद्यार्थीबाट वार्षिक चार हजार सात सय रुपैयाँ र कक्षा १२ का विद्यार्थीबाट चार हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको छ।

शुल्क एकमुष्ट लिने गरिएको सहायक प्रधानाध्यापक श्रीप्रसाद यादवले बताए। उनका अनुसार विद्यालयले रजिष्ट्रेसन, परीक्षा, स्टेसनरी, पुस्तकालय र मासिक शिक्षणबापत शुल्क लिने गरेको छ।

‘स्थानीय नै शिक्षक हुँदा पठनपाठनमा लापरबाही बढेको छ, कोही बोल्न सक्दैनन्। शिक्षक हाजिर गर्छन् घर फर्कन्छन्।’

कक्षा सञ्चालन नभए पनि परीक्षाकै लागि विद्यालयले हाजिरी प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डको कार्यालय, लहानमा पठाउँदै आएको छ।

प्रधानाध्यापक राजेन्द्र यादवका अनुसार खासगरी कक्षा ११ र १२ मा पढाउने छुट्टै शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको हो। शिक्षक नहुँंदा कक्षा नभएको उनले बताए।
कक्षा ११ र १२ मा पढाउने गरी एक शिक्षकको दरबन्दी पनि छ।

‘दरबन्दीका शिक्षक नियुक्त गर्न नसकेकाले समस्या भएको छ, छिट्टै नियुक्ति प्रक्रिया अघि बढाउँछौं,’ उनले भने।

विद्यालयमा व्यवस्थापन समिति नभएको दुई वर्षभन्दा धेरै भइसक्यो। ‘व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला बोलाउँदा पनि कसैले चासो देखाउँदैनन्,’ सहायक प्रधानाध्यापक श्रीप्रसादले भने।

स्थानीय बुद्धिजीवी रामसुफल यादवका अनुसार अधिकांश शिक्षक गाउँकै भएकाले पढाइमा उनीहरुले बेवास्ता गर्दै आएका छन्।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 09:32:16
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।