‘तपस्वी’ बम्जनको सिन्धुली आश्रमबाट पक्राउ परे दुई ‘गुरु’



सिन्धुलीको कमलामाई नगरपालिका–८ को पैरेमा रहेको तपस्वी रामबहादुर वम्जनको आश्रमको भव्य घर।
सिन्धुलीको कमलामाई नगरपालिका–८ को पैरेमा रहेको तपस्वी रामबहादुर वम्जनको आश्रमको भव्य घर।

तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।

बम्जन आश्रमबाट बेपत्ता भएका र बलfत्कारको समेत आरोप लागेपछि सिन्धुपाल्चोक आश्रममा छानबिन पश्चात प्रहरी टोली यहाँ आइपुगेको हो।

प्रहरी नायब उपरीक्षक विमल कँडेलको नेतृत्वमा आइपुगेको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीको सहायतामा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादुर स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई नियन्त्रणमा लिएको हो।

कमलामाई नगरपालिका–८ को पैरेमा करिब ४२ बिगाहा जमीनमा बम्जनको आश्रम छ। २४ बिगाहा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर यादवका अनुसार केही सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिइएको हो। विस्तृत विवरण सोधपुछपछि थाहा हुने उनको भनाइ छ।

बोधीधर्म श्रवण संघका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार प्रहरीले केही सोधपुछका लागि भनेर लगेको खबर सिन्धुलीबाट राजकुमार कार्कीले आजको कान्तिपुर दैनिकमा लेखेका छन्।

प्रहरीले सिन्धुली आश्रममा छानबिन सुरु गरेसँगै त्यहाँ रहेका आनी तथा मेमेहरुमा (महिलालाई आनी तथा पुरुषहरुलाई मेमे भनिन्छ) कौतुहलता छाएको छ।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 08:45:04
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।