त्रिविको जग्गाः बाघको छालामा स्यालको रजाइँ, चारैतिर बाटैबाटो




कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको जग्गाबाट खोलिएको बाटो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको जग्गाबाट खोलिएको बाटो।

त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए।

भत्काउनुको उद्देश्य थियो, विश्वविद्यालयको जग्गा अतिक्रमण गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने।

यसको अभियन्ता थिए, नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसमेत गराउन चाहेका थिए।

त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको यो ठाउँमा अहिले ठूला गाडी चल्छन्। याे खबर अाजकाे कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन्।

विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारका लागि निर्माणाधीन भवनको पछाडिपट्टि जग्गा मिचेर बाटो बनाइएको हो।

त्रिविको जग्गामा बाटो बनाएपछि व्यक्तिगत जग्गा चर्को मूल्य लिएर भाडामा लगाउन र व्यापारिक भवन बनाउन थालिएको छ । बाटो खोलेसँगै घरको कोठासमेत भत्काएर सटर राख्ने क्रम बढेको छ।

बाटो खोलिएपछि त्रिविले आफ्नो जग्गा छाडेर काँडेतार लगाएको छ। विश्वविद्यालयका पदाधिकारीका अनुसार सरकारबाट बजेट पारेर पर्खाल लगाउनेसर्तमा बाटो खोल्न दिइएको हो।

‘धेरै प्रयास गर्दा पनि रोक्न सकेनौं,’ एक पदाधिकारीले भने । कुमारी क्लब छेउबाट त्रिविको गेटसम्म समेत यो फराकिलो बाटोबाट सहजै निस्कन सकिन्छ।

परीक्षा नियन्त्रण कार्यालयबाट नेपाल बैंकतर्फ जाने बाटो पनि त्रिविकै जग्गामा बनाइएको छ। पहिले गोरेटो बाटो थियो । अहिले चौडा बनाएर पिच गरिसकिएको छ।

गोरेटो बाटो भएका ठाउँमा स्थानीयको सुविधाका लागि विश्वविद्यालयको सहमतिमा केही जग्गा लिएर बाटो खोलिएको सांसद श्रेष्ठले बताए।

‘जनताको हितका लागि बाटो फराकिलो बनाइएको हो,’ उनले भने, ‘बाटो बनाएपछि विश्वविद्यालयले काँडेतार लगाएर योभन्दा यताचाहिँ आउन पाइँदैन है भनिसकेको छ। खानेपानीको टयांकर, दमकलसमेत बस्तीमा सहजै छिर्न सक्ने भएको छ।’

यस वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारबाट पर्खाल लगाउनका लागि बजेट व्यवस्थापन गर्न नसकिएको उनले बताए।

यो बाटो खुलेपछि बस्तीमारहेका विश्वविद्यालयकाकर्मचारी, प्राध्यापकलगायत प्राज्ञिक समुदायले समेत सुविधा लिइरहेको उनले दाबी गरे  कर्मचारी भने पदाधिकारीकमजोर हुँदा   भइरहेको बताउँछन्।‘

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 08:30:56
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।