सिडिओभन्दा गाउँपालिका अध्यक्षको मर्यादा माथि




प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
प्रविन कोइराइला

मुख्यमन्त्री तथा स्थानीय सरकार प्रमुखहरूको तीव्र दबाबपछि सरकारले मर्यादाक्रम हेरफेर गरेको छ।

विभिन्न पदाधिकारी तथा पूर्वपदाधिकारीको मर्यादाक्रममा मुख्यमन्त्रीलाई १४ औं स्थानमा राखिएको छ। गत वर्ष निर्धारित मर्यादाक्रममा मुख्यमन्त्री २४औं स्थानमा थिए।

महानगर प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, नगरप्रमुख तथा गाउँपालिका अध्यक्षको मर्यादाक्रम पनि पहिलेभन्दा अगाडि तानिएको छ।

यसो गर्दा मुख्य सचिवदेखि प्रमुख जिल्ला अधिकारीसम्मको मर्यादाक्रम साबिकभन्दा तल सरेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन्।

नयाँ मर्यादाक्रममा क्रमशः राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष, प्रदेश प्रमुख तथा त्यसपछि केन्द्रीय मन्त्री र मुख्यमन्त्री छन्।

पुस २३ को मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नयाँ मर्यादाक्रम निर्धारण गरिएको जानकारी दिए।

मर्यादाक्रमको सातौं लहरमा केन्द्रीय मन्त्रीलगत्तै मुख्यमन्त्रीलाई राखिएको छ। प्रदेशप्रमुख तथा मुख्यमन्त्रीको आफ्नो प्रदेशभित्र र बाहिरको मर्यादाक्रम फरक–फरक तोकिएको छ।

आफ्नो प्रदेशमा मुख्यमन्त्रीको मर्यादा प्रतिनिधिसभामा विपक्षी दलका नेता, नेपालरत्न पाउने व्यक्तित्वहरू, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सत्तापक्षको संसदीय दलका उपनेता, पूर्वसभामुखरअध्यक्ष, पूर्वउपप्रधानमन्त्रीरमन्त्रीभन्दा माथि रहनेछ।

तर प्रदेशभन्दा बाहिर मुख्यमन्त्रीको मर्यादाक्रम प्रतिनिधिसभाका विपक्षी दलका नेता र नेपालरत्न पाउने व्यक्तिभन्दा पछाडि तोकिएको छ।

प्रदेशप्रमुख आफ्नो प्रदेशभित्र नेपाल सरकारका मन्त्री र मुख्यमन्त्रीभन्दा माथि रहनेछन् तर अन्यत्र केन्द्रीय मन्त्री तथा सम्बन्धित प्रदेशका मुख्यमन्त्रीभन्दा तल रहनेछन्।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 08:22:47
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।