वाइड बडी किन्न बसेका थिए यी २१ बैठक, के-के भएका थिए निर्णय?




निगमकाे वाइडबडी अन्नपूर्ण विमान
निगमकाे वाइडबडी अन्नपूर्ण विमान

विवादित बनेको वाइडबडी विमान खरिदका लागि विभिन्न समयमा २१ बैठक बसेको पाइएको छ।

ती २१ बैठकले कसको जिम्मेवारी के थियो भन्ने प्रस्ट पार्छन्।

ती सबैको विवरण आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्।

२९ असोज ०७२ बिहान ७ः३०
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष दिनेश थपलियाको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः वाइडबडी र न्यारोबडी विमान खरिद गर्न अध्ययन गराई विभिन्न विकल्पसहित तीन महिनाभित्र प्रतिवेदन पेस गर्न महाप्रबन्धक कंसाकारलाई जिम्मेवारी।

२ वैशाख ०७३ साँझ ५ः१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः सञ्चालक समिति सदस्य सूर्यप्रसाद आचार्यको संयोजकत्वमा वाइडबडी खरिद उपसमिति गठन।

५ असोज ०७३ साँझ ५ः१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः वाइडबडी विमान खरिद सम्बन्धमा निगम व्यवस्थापनबाट पेस भएको प्रस्तावलाई अन्तिम रूप दिँदै खरिदका लागि बोलपत्रको ढाँचा तयार पार्न व्यवस्थापनलाई निर्देशन।

७ असोज ०७३ बिहान ७ः३०
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः रोल्स रोयस इन्जिन जडान भएको दुई वाइडबडी एयरबस किन्न ४५ दिनको म्याद दिएर बोलपत्र आह्वान गर्ने निर्णय। निगमसँग दुईवटा न्यारोबडी भएकाले वाइडबडी पनि एयरबस नै किन्ने प्रस्टीकरण । बोलपत्रमा एक सयदेखि एक हजार घन्टासम्म उडेका जहाज किन्ने सर्त उल्लेख गर्ने निर्णय ।

१७ असोज ०७३ साँझ ४ः४५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः निगमलाई वाइडबडी आपूर्ति गर्न प्राप्त १० प्रस्ताव अध्ययन गरी प्रभावग्राही भए-नभएको यकिन गरी अर्को बैठकमा पेस गर्न व्यवस्थापनलाई निर्देशन।

१ माघ ०७३ साँझ ५ः३०
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः १० मध्ये चार प्रस्ताव प्रभावग्राही नभएको निष्कर्ष, बाँकी ६ मध्ये पनि तेस्रो सूर्य एयर सपोर्टले ११ करोड ५३ लाख डलर, दोस्रो सिनर्जी एयर स्पेसले ११ करोड ३२ लाख डलर र पहिलो एएआर कर्पोरेसनले १० करोड ९२ लाख डलर कबोल गरेकाले न्यूनतम प्रस्ताव स्वीकृत गर्ने निर्णय।

२ माघ ०७३
निगम सञ्चालक समितिको अघिल्लो दिनको निर्णयअनुसार एएआर कर्पोरेसनसँग जहाज किन्न आशयपत्र जारी ग-यो । समझदारी  (एमओयू) गर्दा बैना पठाउने प्रतिबद्धतासहित मस्यौदा तयार।

३ माघ ०७३ बिहान ७ः००
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः एएआरसँग एमओयू गर्न निगम व्यवस्थापनले अघिल्लो दिन तयार पारेको मस्यौदामाथि अध्ययन गरी आवश्यक परिमार्जन गर्न सञ्चालक समिति सदस्य शिशिर ढुंगानाको संयोजकत्वमा उपसमिति गठन।

९ माघ ०७३
संयोजक ढुंगानाको अध्यक्षतामा उपसमितिको बैठकः एमओयूको मस्यौदामा सामान्य परिमार्जनसहित पारित । बिक्रेताबाट बैंक ग्यारेन्टी आएपछि बैना रकम पठाउन स्वीकृति।

१७ माघ ०७३ साँझ ५ः१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः दुईवटा वाइडबडी एयरबस खरिद गर्ने सम्बन्धमा सञ्चालक समितिबाट गठित उपसमितिको प्रतिवेदनका आधारमा एएआर कर्पोरेसनसँग १४ माघमा भएको एमओयू अनुमोदन। अनुसार बैनाबापत १० लाख अमेरिकी डलर पठाउन निगम व्यवस्थापनलाई अनुमति दिने निर्णय ।

२६ फागुन ०७३ बिहान ८ः००
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः एएआर कर्पोरेसनबाट प्राप्त खरिद तथा बिक्री सम्झौता ९एसपिए०को मस्यौदामाथि वार्ता गर्न बुद्धिसागर लामिछानेको संयोजकत्वमा उपसमिति गठन।

२२ चैत ०७३ बिहान ८ः००
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकस् विमान खरिद गर्न कर्मचारी सञ्चय कोषसँग ऋण लिने निर्णय । सञ्चय कोषसँग वार्ता गर्न व्यवस्थापनलाई निर्देशन।

२५ चैत ०७३ बिहान ८ः००
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकस्खरिद तथा बिक्री सम्झौतामा हस्ताक्षर गर्न निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निर्देशन । किन्न खोजेको जहाजको फिचरमा केही फरक परी निर्णय गर्नुपर्ने भएमा सञ्चालक समितिको स्वीकृति लिन व्यवस्थापनलाई निर्देशन।

२९ चैत ०७३ साँझ ५ः१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः दुई वाइडबडी खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिने र नेपाल सरकार जमानत बस्न मन्त्रिपरिषद्को निर्णयका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय।

१२ वैशाख ०७४ साँझ ५ः१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः विमान खरिदका लागि नेपाल सरकार जमानी बस्न मन्त्रिपरिषद्ले ५ वैशाखमा गरेको निर्णयअनुसार सञ्चय कोष र लगानी कोषबाट बढीमा १२-१२ अर्ब ऋण लिन व्यवस्थापनलाई निर्देशन दिने निर्णय।

२२ वैशाख ०७४ साँझ ५ः१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः अर्थ मन्त्रालयले तोकेको सर्तमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिने ऋणसम्बन्धी कागजपत्रमा हस्ताक्षर गर्न महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निर्देशन।

२१ जेठ ०७४ बिहान ८ः००
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः विमान खरिद प्रक्रियाबारे सञ्चय कोषले उठाएका जिज्ञासाको सम्बन्धमा उचित जवाफ दिन व्यवस्थापनलाई निर्देशन।

२८ जेठ ०७४ साँझ ५ः१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः दुईवटा वाइडबडी विमान खरिद गर्न भएको सम्झौताअनुसार पहिलो किस्ताको सात करोड ९० लाख डलर अग्रिम भुक्तानी गर्ने निर्णय । भुक्तानीका लागि आवश्यक पर्ने मुद्रा सटही अनुमति लिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत राष्ट्र बैंकमा पत्राचार गर्ने निर्णय।

७ चैत ०७४
मन्त्रालयका कामुसचिव तथा निगमका अध्यक्ष सुरेश आचार्यको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः नेपाल वायुसेवा निगमको आर्थिक विनियमावली, २०६५ मा खरिद गर्ने अन्तिम अधिकार निगम सञ्चालक समितिमा निहित रहने प्रावधान सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम अमान्य भएकोले सार्वजनिक खरिद ऐनअनुसार खरिद गर्ने-गराउने जिम्मेवारी पूरा गर्न निगमका कार्यकारी प्रमुखलाई निर्देशन।

३ वैशाख ०७५ साँझ ५ः१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष कृष्णप्रसाद देवकोटाको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः निगमले खरिद सम्झौता गरेअनुसार निर्माण भइरहेका दुई वाइडबडी विमानको निर्माण प्रगतिबारे अध्ययन गर्न तथा एयरबस कम्पनीको पूर्वाधार अवलोकन गर्न सञ्चालक समितिका सदस्यहरूलाई फ्रान्सको टुलुस पठाउने निर्णय।

३ असार ०७५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष कृष्णप्रसाद देवकोटाको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः निगमले गरेको सम्झौताअनुसार विक्रेतालाई पठाउन ६ करोड ८१ लाख ९४ हजार डलर सटही सुविधा उपलब्ध गराउन मन्त्रालयमार्फत राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय।

१४ असार ०७५
सम्झौताअनुसार पहिलो ए३३०-२०० एयरबस त्रिभुवन विमानस्थलमा अवतरण।

२८ असार ०७५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष कृष्णप्रसाद देवकोटाको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकः वाइडबडीको मूल्यबापत विक्रेतालाई पठाउन ६ करोड ८१ लाख अमेरिकी डलर सटही सुविधा उपलब्ध गराउन मन्त्रालयमार्पmत राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय। १० साउनमा दोस्रो जहाज अवतरण।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 08:11:43
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।