आवुधावीमा सात महिनादेखि डेढ सय नेपाली अलपत्र



आबुधाबीस्थित अल वासिता इमिरेट्स कम्पनीमा बिचल्लीमा परेका नेपाली श्रमिक।
आबुधाबीस्थित अल वासिता इमिरेट्स कम्पनीमा बिचल्लीमा परेका नेपाली श्रमिक।

संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा डेढ सय नेपाली ७ महिनादेखि बिचल्लीमा छन्।

अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरू कम्पनीले नयाँ ठेक्का नपाएपछि कामविहीन भएका हुन्।

यो कम्पनीमा नेपाली, भारतीय, बंगाली र श्रीलंकाली गरी झन्डै एक हजार श्रमिक छन्।

कम्पनीले काम नभएकाले बाँकी तलब दिन नसकिने जनाएको छ। भिसा नवीकरण र टिकट खर्च दिन पनि असमर्थता जनाउँदै कम्पनीले श्रमिकलाई आफ्नो व्यवस्था आफैं गर्न भनेको छ।

श्रमिकले ७ महिनादेखिको तलब पाउन बाँकी रहेको खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्। 

तीन महिनादेखि खानाको व्यवस्था गरिएको छैन। चिनजानका साथीभाइले खुवाइरहेको सुर्खेतका विष्णुप्रसाद कोइरालाले बताए।

‘सात महिनादेखि बिनाकाम बस्नुपरेको मानसिक तनाब त छँदै छ। त्यसमाथि अहिले आफैंले जे गर्न सक्छ गर भन्दै कम्पनी पन्छियो,’ सुर्खेतका रवीन्द्र श्रेष्ठले भने, ‘कैयौं साथीहरूको भिसा सकिएको छ। उनीहरूको दैनिक जरिवाना लागिरहेको छ। चाहेर पनि आफैं स्वदेश फिर्न सकिरहेका छैनौं।’

कम्पनीले डिसेम्बरभित्र पर्खन भनेकाले सुरुमै दूतावास नगएको उनले बताए।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 07:28:33
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...