जनकपुरमा आदित्यनाथले भने- ‘रामले सीतालाई अयोध्या लगेको बाटो अब फोर लेनको बन्छ’



भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामजानकी राजमार्गले दुई देशबीच धार्मिक पर्यटनको बाटो खुल्ने बताएका छन्।

रामले सीतालाई अयोध्या लैजाँदा प्रयोग गरेको यो बाटोलाई फोरलेन बनाउने काम सुरु भएको उनले जानकारी दिए । यो खबर आजको कान्तिपुर दैनिकमा अजित तिवारी, श्यामसुन्दर शशि र सन्तोष सिंहले लेखेका छन्।

‘रामले सीतालाई जुन मार्गबाट अयोध्या लिएर गएका थिए, त्यसलाई फोर–लेन बनाउने काम सुरु भएको छ,’ राम–सीता विवाह महोत्सवमा बुधबार जन्ती बनेर जनकपुर आएका आदित्यनाथले भने, ‘त्यसको निर्माणपछि जनकपुरबाट ४ घण्टामै अयोध्या पुगिन्छ।’

उनले पशुपति–काशी र जनकपुर–अयोध्यालाई जोड्ने योजनाअनुसार काम भइरहेको बताए । ‘रामजानकी राजमार्ग यात्राको सुगमताले मात्र होइन, पर्यटन विकासको सम्वाहक पनि बन्नेछ,’ उनले भने, ‘यसले सबैको जीवनमा खुसियाली ल्याउनेछ।’

उनले जनकपुर, अयोध्या र बनारसलाई सिस्टर सिटी बनाउने योजना सुनाए । ‘अयोध्या आए, वो जनकपुर जाए । जो जनकपुर आए, वो अयोध्या जाए,’ धार्मिक यात्रा अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले भने । उनले रामायण सर्किट र जनकपुर–जयनगर रेलमार्गले पनि धार्मिक पर्यटनलाई सहयोग पुग्ने बताए।

आदित्यनाथले नेपाल–भारतबीच प्राचीन र गहिरो सम्बन्ध रहेको बताएका छन् । ‘नेपाल–भारतको सम्बन्ध प्राचीन र गहिरो छ,’ उनले भने, ‘हाम्रो सम्बन्ध मूल्यवान छ । धर्म–संस्कृतिले बाँधेको छ।’

निजी विमानमा बिहान १०ः३० बजे जनकपुर उत्रिएका उनी दिनभर तीनवटा कार्यक्रममा सहभागी भएर अपराहन भारत फर्किए ।

उत्तर प्रदेशका मन्त्री आशुतोष टन्डन पनि सँगै आएका थिए । जानकी मन्दिरमा ३० मिनेट विशेष पूजाअर्चना गरेका आदित्यनाथले त्यहाँ ठूलो संख्यामा उपस्थित हिन्दु धर्मावलम्बीसँगै मन्दिरको परिक्रमासमेत गरेका थिए । उनी मन्दिर परिसर पुगेलगत्तै साधु–सन्तले ‘जय श्री राम’ को नारा लगाए ।

‘जय सीता मइया–जय श्रीराम’ भन्दै नेपाली भाषामै सम्बोधन थालेका आदित्यनाथले राम–सीताको सम्बन्धकै कारण दुई देशबीच सदियौंदेखि भाइचारा स्थापना भएको बताए ।

‘जनकपुर र अयोध्याको तीर्थाटन गर्ने सबैको अभिलाषा हुन्छ । मलाई पनि यहाँ आउँदा गौरव महसुस भइरहेको छ,’ उनले भने, ‘नेपाल–भारतको सांस्कृतिक सम्बन्धलाई उचाइमा पुर्‍याएको छ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरलाई नेपाल–भारतबीचको आदिकालीन सम्बन्ध–सेतुको संज्ञा दिँदै संघीय र प्रदेश सरकार यो सम्बन्ध अझ प्रगाढ बनाउन उन्मुख रहेको बताए ।

प्रकाशित २७ मंसिर २०७५, बिहिबार | 2018-12-13 08:53:38
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।