Exclusive

लुटिएको एटिएम कार्डले यसरी पुर्‍यायो प्रहरी हिरासतमा



तस्बिरमा देखिएका युवक ललितपुर कुमारीपाटीस्थित सिटिजन्स बैंकको एटिएम बुथमा प्रवेश गर्छन्।

कालो क्याप पछाडि फर्काएका र कानमा एयरफोन लगाएका ती युवक एटिएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने कोसिसमा लाग्छन्। एकछिनको प्रयासमा पैसा ननिस्केपछि उनी त्यहाँबाट निस्कन्छन्।

केही बेरपछि पुनः सोही बुथमा प्रवेश गर्छन् र कागज हेर्दै पासवर्ड थिच्छन्। अधिकतम अंक थिचेर बढी पैसा निकाल्न खोज्दा रकम नपुगेको सन्देश आउँछ। तर ती युवक रकम निकाल्ने प्रयास रोक्न चाहँदैनन्।

उनी रकम घटाउँदैघटाउँदै निरन्तर अंक थिचिरहन्छन्। धेरैबेरको प्रयासपछि अन्ततः पैसा निकाल्न सफल हुन्छन्। सिसिटिभी फुटेजमा हेर्दा तीन हजार रुपैयाँ मात्रै निस्केको देखिन्छ। उक्त पैसा गोजीमा राखेर युवक एटिएम बुथबाट बाहिरिन्छन्।

ती युवकले प्रयोग गरेको एटिएम कार्ड उनको होइन। त्यो कार्ड लुटिएकी एक महिलाको हो। तिनको हाते ब्याग एटिएमसम्म पुगेर पैसा निकाल्ने युवकसमेत सम्मिलित ६ जनाको समूहले मंसिर १२ गते एक सार्वजनिक यातायातमा लुटेको हो। यो खबर आजको नागरिक दैनिकमा दीपेश केसीले लेखेका छन्।

लुटेको हाते पर्सभित्र एटिएम कार्ड र त्यसको पासवर्ड लेखिएको कागजसमेत भेटिएपछि सो समूहका एक सदस्य सानुकाजी तामाङ पैसा झिक्न एटिएम बुथमा पुगेका थिए। एटिएम र पासवर्डकै कारण लुटेरा समूह प्रहरीको नियन्त्रणमा पुगेको हो। सुरुमा सिसिटिभी फुटेजको सहयोगमा एटिएम बुथसम्म पुग्ने सानुकाजीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

महानगरी प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रका अनुसार उक्त लुटेरा समूहले सार्वजनिक यातायातमा लुटपाटको धन्दा गर्दै आएको थियो।

पाँच÷छजनाको समूह बनाई बसमा चढ्ने र यात्रुलाई लुट्ने क्रम बढ्दै आएको थियो। उनीहरू विगतमा पनि लुटपाटका घटनामा संलग्न रहेको पाइएको डिएसपी मिश्रको भनाइ छ।

पक्राउ परेका सानुकाजी तामाङ, अम्बर तामाङ, अञ्जन तामाङ र विवेक लामालाई डाँकाचोरीको अभियोगमा मुद्दा दायर गरिएको छ। अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ।

यसरी लुटे
मंसिर १२ गते साँझ साढे ६ बजे ताल्छिखेलबाट ६ युवक चक्रपथमा घुम्ती सेवा दिने महानगर यातायातको बसमा चढे। उनीहरू बसमा रहेका कुनै न कुनै यात्रुलाई तारो बनाउने मौका हेरिरहेका थिए।

सुनको ब्रासलेट लगाएकी र आकर्षक झोला बोकेकी एक महिलामाथि उनीहरूको नजर प¥यो। उनीहरू ती महिलातर्फ अगाडि बढे। सानेपास्थित अस्पतालकी नर्स रहेकी उनलाई घेरामा पारियो।

कुसुन्तीमा पुग्दा ती महिलाले भाडा तिर्न भन्दै पर्सबाट रकम निकाल्न खोज्दै थिइन्, युवकहरूले लुटपाट थाले। हारगुहार गर्न थालेपछि उनलाई मार्ने धम्की दिइयो। हेर्दाहेर्दै हातमा लगाइएको सुनको ब्रासलेटसम्गै पर्स लुटियो।

बसका अरू यात्रु नभएका होइनन् तर कसैले प्रतिकार गर्ने साहस देखाएनन्। डरलाग्दा ती युवकहरूको त्यस्तो गतिविधिका कारण यात्रुहरू त्रस्त थिए। डकैती गर्ने समूहले महिलाको साथमा रहेको गहना, नगद त लग्योलग्योे, पर्समा रहेको व्यक्तिगत परिचय खुलाउने सामग्रीसमेत बाँकी राखेन।

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 08:01:25
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...