गाउँमा बसाइँ आए ३० हजार भत्ता


Infocus



बसाइँसराइले गाउँ रित्तिन थालेपछि नवलपरासीको बौदीकाली गाउँपालिकाले नयाँ जुक्ति निकाल्यो– अन्तबाट बसाइँ आउनेलाई भत्ता।

बाक्लो बस्तीमा रहन चाहनेलाई २५ र पातलो बस्तीमा बस्न चाहनेलाई ३० हजार रुपैयाँ। साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पूर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो।

सुविधा र कामको खोजीमा अन्यत्र बसाइँ जाने बढेपछि गाउँसभाबाट पारित गरेर अन्य स्थानीय तहबाट बस्न आउनेलाई भत्ता दिने व्यवस्था लागू गरिएको गाउँपालिकाका अध्यक्ष गाउँँपालिका अध्यक्ष दुर्गाबहादुर राना मगरले बताए। यो खबर आजको कान्तिपुर दैनिकमा नवलपरासीबाट नारायण शर्माले लेखेका छन्।

‘जग्गाधनी पुर्जा भएकाहरूसमेत खेतबारी बाँझै राखेर अन्यत्र बसाइँ गएपछि जनघनत्व घटयो, बस्ती रित्तिँदै गयो,’ उनले भने, ‘यस्तो उपाय अपनाउन बाध्य भयौं।’

उनले सबै वडाध्यक्षको सल्लाहमा यस्तो निर्णय लिएको जनकारी गराए । ‘नयाँ आउनेलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौं,’ उनले भने । गाउँपालिकाको आम्दानी बढदै गए भत्ता पनि बढाउँदै लैजाने योजना रहेको गाउँपालिका प्रमुख राना मगरले सुनाए।

पहाडमा सुविधा नभएका कारण गाउँ छाडेर हिँड्ने र बस्ती रित्तो हुने खतरा देखेपछि यस्तो निर्णय भएको हो । ‘पढ्ने राम्रो विद्यालय छैन, उपचार गर्ने अस्पताल छैन । रोजगारी छैन । गाउँमा बस्न कोही मान्दैमान्दैन,’ उनले भने।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार वडा नम्बर २ को डेढगाउँमा बसाइँसरी आउनेलाई २५ हजार र वडा नम्बर ४ रुचाङ, ५ को बोबोक, ६ को नरममा बसाइँसरी आउनेलाई ३० हजार रुपैयाँ भत्ता दिने निर्णय भएको छ।

त्यस्तै बौदीकाली–१ मिथुकरम र बौदीकाली–३ रकुवामा बसाइँसरी आउनेलाई पनि प्रतिपरिवार ३०–३० हजारका दरले प्रोत्साहन भत्ता दिइनेछ।

गाउँ रित्तिन नदिन धेरै सन्तान जन्माउने र गाउँ नछाड्नेलाई भत्ता दिनुपर्ने अवस्था आइसकेको स्थानीय सोम सारुले बताए। त्यस क्षेत्रका प्रदेशसभा सांसद विष्णु लामिछानेले बसाइँसराइ रोक्न केन्द्र, प्रदेश र स्थानीय तहले फरक–फरक सुविधा दिनुपर्ने बताए।

१५ वर्षअघि ११ हजार जनसंख्या रहेको यो गाउँपालिकामा अहिले पनि १५ हजार ७ सय ३४ जनसंख्या छ । गाउँपालिकामा ९१ प्रतिशत जनसंख्या मगर समुदायको छ।

तनहुँसँग सिमाना जोडिएको र नवलपरासीको विकट पहाडी यो गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्ने कलेज छैन । वैदेशिक रोजगारीमा गएकाहरूका सन्तान कावासोती, झयालबास, दल्मले, गैंडाकोटमा डेरा गरेर बालबच्चा पढाउने र त्यतै बसाइँ सर्नेक्रम बढ्दो छ।

प्रकाशित ५ मंसिर २०७५, बुधबार | 2018-11-21 07:32:29
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...