Exclusive

निर्मला हत्याका ११२ दिनः गाउँले पनि प्रहरीको शंकाको घेरामा



निर्मला पन्त
निर्मला पन्त

निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ।

न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट मोहन विष्टले लेखेका छन्।

‘उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरूको गतिविधिमाथि सूक्ष्म ढंगले निगरानी भइरहेको छ,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले भने।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार निर्मलाका केही आफन्तलाई पनि निगरानीमा राखिएको छ।

प्रहरीले गाउँलेसँगै अन्य क्षेत्रमा पनि अनुसन्धान जारी रहेको जनाएको छ । शंकास्पद व्यक्तिका टेलिफोन, फेसबुकलगायतमा पनि निगरानी बढाएको छ । त्यसका आधारमा दुई सयभन्दा बढी व्यक्तिसँग बयानसमेत लिएको छ । ‘केहीको मौखिक र केहीको लिखित बयान लिएका छौँ,’ एसपी कडायतले भने ।

१० साउनमा कापी लिन साथीको घर गएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला ११ साउनमा उखुबारीमा मृत भेटिएकी थिइन्।

त्यसयता वडा प्रहरी, जिल्ला र प्रदेश प्रहरीसँगै सिबिआईको टोली पनि अनुसन्धान खटिएको थियो । गृह मन्त्रालय र प्रहरी मुख्यालयको उच्चस्तरीय टोलीसमेत छानबिनमा खटिए पनि हत्यारा पत्ता लाग्न सकेको छैन।

प्रकाशित २९ कार्तिक २०७५, बिहिबार | 2018-11-15 07:32:31
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।