देउसी-भैलो राति १० बजेसम्म मात्रै, घट्दै देउसीको रौनक


Infocus



काठमाडौं उपत्यकामा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ।

रातको समयमा हूलदंगा र आपसी झगडा हुन सक्ने भन्दै प्रहरी प्रशासनले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको हो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

गत वर्ष पनि १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाउने व्यवस्था थियो । यो व्यवस्थाले तिहारमा रातको समय देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको छ। ‘१० बजेपछि देउसी–भैलो खेल्न नपाइने सूचना जारी गरिसकेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामाले भने, ‘पटका पडकाउन निषेध गरिएको छ।’

देउसी–भैलो खेल्ने बहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासनले समय निर्धारण गरेको जनाएको छ। यस्तै तिहार मनाउने क्रममा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग नगर्नसमेत आग्रह गरेको छ।

तीन वर्षअघि गृह मन्त्रालयले देउसी–भैलो खेल्ने समय साँझको ७ बजेसम्म तोकेपछि चौतर्फी आलोचना भएको थियो । सर्वसाधारणको विरोधपछि गृह मन्त्रालयले दुई घण्टा समय थप गर्नुपरेको थियो।

चाडपर्वका बेला सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न निश्चित समय तोक्ने गरेको लामाले बताए । पछिल्लो समय काठमाडौं उपत्यकामा देउसी–भैलोको माहोलसमेत विस्तारै घटदै गएको छ।

प्रकाशित २२ कार्तिक २०७५, बिहिबार | 2018-11-08 07:51:44
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भेगन

    के माछामासु नखाने मानिस बढी बाँच्छन्?

    विश्वमा माछामासु दूध दही नखानेहरुको जनसंख्या बढ्दो छ। पश्चिमा मुलुकहरुमा भेगन हुने लहर नै चलेको छ।

  • सुदर्शन रन्जित

    पोखरा चिनाउने फोटोग्राफर

    पोखरा रामबजारमा रहेको उनको घरको बैठक कोठामा प्रवेश गर्ने जोकसैलाई भित्तामा झुण्डाईएको ठूलो फ्रेमिङले तान्छ।

  • मेसोपोटामियामा युद्धरत गोर्खाली सैनिक, सन् १९१७

    पहिलो विश्वयुद्धका १०० वर्ष: नेपालले के पायो, के गुमायो?

    बेलायती सेनामा गोर्खालीहरुलाई भर्ति गर्न पठाएवापत राणा शासकहरुले वार्षिक दस लाख रुपैयाँ सलामीस्वरुप प्राप्त गर्दथे।

  • केपी शर्मा ओली

    २५ अर्ब माथिका सबै योजना अब प्रधानमन्त्री कार्यालय मातहत

    दुई तिहाई बहुमत लिएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई झन् झन् शक्तिशाली बनाउँदै लगेका छन्।