पर्वतका एसवी भण्डारी अमेरिकी राज्य मेरिल्याण्डको तल्लो सदनमा निर्वाचित




नेपाली मुलका ह्यारी (एचबी) भण्डारी मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ मा निर्वाचित भएका छन्।

मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको ड्रिस्ट्रिक ८ बाट निर्वाचित हुन सफल भएका हुन्। अमेरिकी मुलधारको राजनीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी, पहिलो नेपाली मुलका अमेरिकी हुन्।

मेरिल्याण्ड राज्यमा रहेका ४७ ड्रिस्ट्रिक बाट हाउस अफ डेलिगेटमा एक सय ४१ जनाले प्रतिनिधित्व गर्दछन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

गत जुनमा भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स ड्रिस्ट्रिक ८ को प्रारम्भीक चुनावमा जित हासिल गरेका थिए। मंगलबारको अन्तिम प्रतिस्पर्धामा भण्डारीले दोस्रो स्थान हात पार्दै हाउस डेलिगेटमा चुनिएका हुन्।

सन २०१४ मा निर्वाचनमा होमिएका भण्डारी, प्रारम्भिक चरणमै पराजित भएका थिए। प्राध्यापन पेशामा संलग्न भण्डारीले यसपटकको चुनावी अभियानको क्रममा १५ हजार घर दैलो चहारेका थिए।

नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी सन् २००५ मा अमेरिका आएका हुन्। भण्डारी डेमोक्रयाटिक पार्टीमा करिब एक दशकभन्दा बढी समय देखि सक्रिय छन्। विजयी भएपछि भण्डारीले मतदाताहरुलाई धन्यवाद दिएका छन्।

प्रकाशित २२ कार्तिक २०७५, बिहिबार | 2018-11-08 07:14:20
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।