सुनसरीमा चार करोडको फूल बिक्री




यसपालिको तिहारका लागि सुनसरीका स्थानीय बारीमा उत्पादित सयपत्री र मखमली फूलले भारतीय फूलको आयातलाई ६० प्रतिशत विस्थापित गरेको छ।

बुधबार एकैदिनमा करिब ४ करोड रुपैयाँको कारोबार भएको छ। फ्लोरिकल्चर एसोसिएसन सुनसरी सदस्य प्रेम पराजुलीका अनुसार धरानको कृषि उपज बजारमा धनकुटा र सुनसरीका विभिन्न क्षेत्रमा उत्पादित फूलको कारोबार भएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रदीप मेन्याङ्बोले लेखेका छन्।

गत वर्षहरूमा तिहारको बेला भारतीय फूलले घर सजाउने र चेलीले माइतीलाई लगाइदिने गरेका थिए। स्थानीय कृषकले बढी मात्रामा फूलको उत्पादन गरेकाले यो वर्षको तिहार स्थानीय फूलले सजिन थालेका छन्।

सुनसरीको धरान आसपासका क्षेत्र विजयपुर, पानबारी, विष्णुपादुकाबाट मात्र कम्तीमा ३० लाख रुपैयाँभन्दा बढीका फूलको उत्पादन भएको पराजुलीले बताए।

विजयपुर क्षेत्रमा करिब अढाइ बिघाभन्दा बढी क्षेत्रमा सयपत्री, मखमली फूल फुलाइएको थियो। उनले भने, ‘आयातित भारतीय फूलको दबदबा यो वर्ष कम भएको छ। यसरी नै स्थानीय किसानले फूलको खेती गर्न थाले केही वर्षमा भारतीय फूल पूर्ण रूपमा विस्थापित हुनेछ।’

विगतका तिहारमा पूर्वमा आकर्षक बनाइएको भारतीय फूलमै निर्भर हुने गरेको थियो। यसपालि स्थानीय फूल व्यवसायी कृषकहरूले व्यापक रूपमा फूल खेती गरेकाले तिहारमा ताजा फूल प्रयोग गर्न पाएका छन्।

गत वर्षको तुलनामा पूर्वमा फूल धेरै उत्पादन भएको छ। पूर्वका पहाडी क्षेत्र र तराईमा पनि अरू वर्षको तुलनामा मनग्ये फूल फुलेकाले गत वर्षको तुलनामा भारतको कोलकत्ताबाट ल्याइने फूलको खपत घटेको छ। व्यावसायिक रूपमा तयार गरेर चिस्यानमा राखिने भारतीय फूल आकर्षक देखिने गरेकाले उपभोक्ता लोभिन्छन्।

प्रकाशित २२ कार्तिक २०७५, बिहिबार | 2018-11-08 06:30:54
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...