दसैं मनाउन रातभरि नसुत्ने भए कतारका नेपाली


Kshamadevi Group


कतार
कतार

कतारमा कार्यरत् पोखराका रेशम बस्नेत दसैंमा घर फर्किन नपाए पनि टीका शुक्रबार परेकोमा दंग छन्।

‘शुक्रबार हाम्रो बिदा हुन्छ, बिहीबार दिनभरि काम सकेपछि राति खसी ढाल्ने योजना छ,’ २३ वर्षदेखि कतारमा कार्यरत बस्नेतले भने, ‘यसपालि महानवमीको रातभरि सनैया जागिरहने छ।’

दसैंका दिन बिदा नपाइएला भनेर सधैं चिन्ता लागिरहने उनले सुनाए । ‘यसपालि भाग्यले साथ दियो, बिदाकै दिन परेछ,’ उनले भने ।

घर फर्किन नपाउनेहरूको आफ्नै खालको दसैं हुन्छ । ‘घर जाने रहर सबैलाई हुन्छ तर जान पाइएन भन्दैमा रोएर बस्ने कुरा हुँदैन,’ गोरखाका रूप रसाइली भन्छन्, ‘परिवारलाई दसैं खर्च पठाइसकेको छु । केही खर्च आफूले पनि राखेको छु । यहाँ साथीभाइको ठूलो जमात छ । उनीहरूसँगै रमाइलो गर्छु।’

खाडीमा अधिकांश नेपाली कामदारलाई सनैया (औद्योगिक क्षेत्र) मा राखिएको छ। हाेम कार्कीले अाजकाे कान्तिपुर दैनिकमा याे खबर लेखेका छन्।

एकै स्थानमा नेपालीको बाक्लो उपस्थितिले मुख्य चाडपर्वमा रौनक थपिन्छ । सानादेखि ठूला कम्पनीले दसैं मनाउन सहयोग गर्छन् । केहीले त नेपाली कामदारलाई दसैं मनाउन खसी नै दिन्छन् । 

न्यु इमेज कम्पनीमा झन्डै ५ सय नेपाली कामदार छन् । यो कम्पनीले दसैंका लागि ९ वटा खसी उपलब्ध गराउने जनाएको छ ।

‘हामीले क्याम्पमै जमरा राखिसकेका छौं, कम्पनीले ९ वटासम्म खसी दिने भनेको छ,’ इमेज कम्पनीका क्याम्पबोस लेटाङ ५, मोरङका चिन्तामणि गौतम भन्छन्, ‘हाम्रो क्याम्पका सबैभन्दा पाका राममणि कँडेल दाइबाट टीका थाप्छौं ।’

खसी नदिने कम्पनीका कामदार पैसा उठाएर आफैं किन्छन् । पछिल्लो समय खाडी अलि खुकुलो भएकाले खुलेर चाडबाडमा रमाउने वातावरण बनेको बस्नेतले बताए । ‘दसैं हाम्रो माटोसँग जोडिएको छ,’ बस्नेत भन्छन्, ‘हाम्रो पर्व बृहत् भइसकेको छ ।’

दुई दशकदेखि कतारमै कार्यरत पोखराका नेहमान नेपालीको छुट्टै अनुभव छ ।

‘सुरुसुरुमा यहाँ दसैं आएरगएको थाहै हुन्थेन । काममै भइन्थ्यो । खुलेर पर्व मनाउन गाह्रो थियो । कोठाभित्र साथीभाइ मिलेर जमघट गरिन्थ्यो । टीकाजमरा त परको कुरा थियो,’ उनले भने, ‘बिस्तारै टीका लगाउने चलन भयो । टीका लगाएर कोठाबाहिर निस्कने आँट कसैको थिएन । मुस्लिम देशमा रातो टीका लगाएको थाहा पाए केही गर्लान् कि भन्ने डर हुन्थ्यो ।’

उनले अहिले खाडी निकै खुकुलो भएको बताए । ‘हामी सार्वजनिक स्थलमा जम्मा भएर टीका र जमरा लगाउँछौं, अरबीहरू हामीसँग आएर फोटो खिचाउँछन्,’ उनले भने ।
खोटाङका चानक पोखरेल खाडीमा परिवारको साथ नभए पनि साथीभाइका कारण दसैंको रौनक हुने बताउँछन् ।

‘गाउँका साथीभाइ सबै यहीं भेटिन्छन्,’ उनले भने, ‘हामीलाई त यसमै रमाउने बानी परिसक्यो ।’ पछिल्लो समय कतारमा रहेका नेपालीको सामूहिकता बढेको पोखराका हंसराज ढकाल क्षत्री बताउँछन् । ‘राजनीतिक, धार्मिक, जातीय, क्षेत्रीय रूपमा गोलबद्ध हुँदा यस्ता पर्वमा पनि एकता कसिलो भएको छ,’ उनी भन्छन्, ‘इदमा हिन्दु रम्ने वातावरण बन्यो । दसैंमा मुस्लिम साथीभाइ रम्न आउने भए ।’

कतारमा रहेका नेपालीबीच धार्मिक सहिष्णुता रहेको उनी बताउँछन् । ‘एउटा कोठामा चार देशका चारथरी साथीभाइ हुन्छन्, सबैले एक-अर्काको आस्था र संस्कारलाई सम्मान गरेको देख्दा आनन्दानुभूति हुन्छ,’ क्षत्री बताउँछन्।

प्रकाशित ३१ असोज २०७५, बुधबार | 2018-10-17 08:55:23
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...