‘९ वर्षमा नेपालमा बाघको संख्या दोब्बर’




वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ९ वर्षमा नेपालमा बाघको संख्या दोब्बरनजिक पुगेको जानकारी दिएका छन्।

बेलायत सरकारद्वारा लन्डनमा सोमबार आयोजित वन्यजन्तुको अवैध व्यापार निराकरणसम्बन्धी दुईदिने सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उक्त जानकारी दिएका हुन्।

बस्नेतले ११ अक्टोबरको पूर्ण सत्रमा वन्यजन्तुको अवैध व्यापारलाई निरुत्साहन र नियन्त्रण गर्न नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमबारे समेत प्रकाश पारे। आजको कान्तिपुर दैनिकमा छापिएको यो खबर नीवन पोखरेलले लन्डनबाट लेखेका हुन्।

उनले २३ प्रतिशत नेपालको भूभाग संरक्षित क्षेत्र रहेको र वन्यजन्तुको सिकारमा पूर्ण प्रतिबन्ध लगाइएकाले सन् २०११ देखि २०१८ सम्ममा गैंडाको सिकार शून्य रहेको जानकारी गराउँदै नेपाल सरकार वन्यजन्तुको संरक्षणमा पूर्ण प्रतिबद्ध रहेको बताए।

नेपाल सरकारले वन, वातावरण तथा वन्यजन्तुको संरक्षणमा समुदायको सहभागितामा जोड दिने नीति अवलम्बन गरेको बताउँदै मन्त्री बस्नेतले यसबाट समुदायसमेत लाभान्वित भइरहेको विचार व्यक्त गरे।उनले वन्यजन्तुको व्यवस्थापन पक्ष वर्तमानको चुनौती रहेको पनि बताए।

सम्मेलन उद्घाटन सत्रमा बेलायती विदेशमन्त्री जेरेमी हन्टले नेपालमा सन् २००९ देखि हालसम्मको स्थितिमा बाघको संख्या दोब्बर वृद्धि भएको र चार वर्षदेखि गंैडा र बाघको सिकार शून्य रहेकाले यस्तो उदाहरणीय कार्यको अन्य देशहरूले पनि अनुसरण गर्नुपर्ने विचार व्यक्त गरेका थिए।

अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधका रूपमा लिई यसको नियन्त्रणका लागि सरकार र सबै सरोकारवाला निकायबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्यसहितको २० बुँदे विश्व घोषणा जारी गर्दै सम्मेलन १२ अक्टोबर २०१८ मा सम्पन्न भएको हो।

८० देशका सरकारी र निजी क्षेत्रका प्रतिनिधिमण्डलले भाग लिएको उक्त विश्व सम्मेलनमा मन्त्री बस्नेत नेतृत्वको टोली सहभागी भएको थियो।

सम्मेलन अवधिमा मन्त्री बस्नेतसँग बेलायती सांसद जोन मान र श्रीलंकाली टोलीका नेता सन्डिथ समरसिंघेले शिष्टाचार भेट गरी नेपालले वन पर्यावरण, जैविक विविधता र वन्यजन्तु संरक्षण सम्बन्धमा गरेको प्रगतिबारे चासो राखेका थिए। यस क्षेत्रमा साझेदारी अभिवृद्धि गर्न इच्छुक रहेको पनि उनले बताएका थिए।

साथै १२ अक्टोबरमा मन्त्री बस्नेतसँग युके ट्रस्ट फर नेचर कन्जरभेसन इन नेपालका अध्यक्ष एवं बेलायती सेनाका पूर्वप्रधान सेनापति अतिरथी सर जोन च्यापलले राजदूतावासमा शिष्टाचार भेट गरी नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष र संयुक्त अधिराज्यको राष्ट्रिय प्रकृति संरक्षण कोषबीच साझेदारी र सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरेको दूतावासले जनाएको छ।

सोही दिन मन्त्री बस्नेतले लन्डनस्थित चिडियाखाना  (जेडएसएल जु)को समेत अवलोकन भ्रमण गरे।

प्रकाशित ३१ असोज २०७५, बुधबार | 2018-10-17 07:58:59
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।