सरकारको विरोध गरेको होइन, जनताको भावना बोलेको हुँः माधव नेपाल


Infocus



नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई आफूले भेटेर मुलुकको बेहाल अवस्था टुलुटुलु हेरेर बस्न नसक्ने धारणा राखेको बताएका छन्।

मंगलबार रौतहटको चन्द्रनिगाहापुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपालले संसदमा आफूले पार्टी र सरकारको विरोध गरेको नभई जनताको भावना बोलेको बताए।

‘संसदमा मैले बोलेको कुरामा केहीले विरोध गरेका रहेछन्,’ उनले भने, ‘संसद भनेको प्रतिपक्षको मात्रै होइन जनताको भावना राख्ने थलो पनि हो।’

उनले आफ्नो उद्देश्य सरकारको मनोबल गिराउने नभई मद्दत गर्ने रहेको उल्लेख गर्दै प्रजातन्त्रका नाममा अराजकता बढेकाले कसैले कसैलाई नटेरेको अनुभव सुनाए। रौतहटबाट लेखिएको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

उनले प्रधानमन्त्री ओलीलाई बलियो डन्डा हातमा लिएर अगाडि बढ्न सुझाव दिए। देशमा घूस खाने, ढिलासुस्ती गर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारी गर्न उनले कार्यकर्तालाई निर्देशनसमेत दिए।

प्रकाशित ३१ असोज २०७५, बुधबार | 2018-10-17 07:16:19
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...