यस्तो छ शीर्ष नेता तथा मन्त्रीका दशैं योजना


Infocus



शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्।

सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा नै दशैं मनाउने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा र अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा दशैं मनाउने छन्।

अध्यक्षद्वयले दशैंको समयमा पार्टीको सांगठनिक एकता प्रक्रियाका बारेमा गृहकार्य गरेर टुंगो लगाउने तय भएको छ। दशैंको समयभित्र नै आन्तरिक गृहकार्य गरी जिल्लादेखि विभिन्न जनसंगठनको एकता खाकासहित कात्तिक ४ गते बस्ने सचिवालयको बैठकमा पेस गराउने गरी गृहकार्य भएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली टीकाका दिन बालुवाटारमै रहने र परिवार तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रम तय भएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले बताए। यो खबर आजको समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन्।

पूर्वप्रधामन्त्री तथा नेकपाका अर्का अध्यक्ष प्रचण्डको यसपालि दशैं छैन। उहाँले काठमाडौंमै पारिवारिक तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार खुमलटारमा नै दशैं अवधि बिताउने कार्यक्रम छ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दशैँ मनाउने कार्यक्रम रहेको रहेको छ।

काठमाडौंबाहिर कार्यक्रम नरहेकाले देउवाले घरमै आफन्त तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम बनाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

त्यस्तै नेकपाको वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि दशैं काठमाडौंमा नै मनाउँदैछन्। आफन्त र कार्यकर्तालाई टीका लगाइदिने, घरमै बस्ने र भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई दशैंका बेला पारिवारिक भेटघाटका साथै अन्य छलफलमा सहभागी हुँदैछन्। उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि काठमाडौंमा नै दशैं मनाउने कार्यक्रम रहेको छ।

प्रकाशित २९ असोज २०७५, सोमबार | 2018-10-15 06:41:18
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...