Exclusive

टेलिफोन गर्न पालोः फोन गर्दा १० र उठाउँदा ५ रुपैयाँ मिनेटको



हातहातमा मोबाइलले देशभर ल्यान्डलाइनको प्रयोग त कम हुँदै गएको छ।

अझ इन्टरनेटले त एउटै घरका वल्लोपल्लो कोठामा संवाद हुन थालेको छ ।

तर, हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी गाउँका बासिन्दाले भने टेलिफोन गर्न पनि पालो कुर्ने गरेका छन्। 

‘एउटै फोन छ, जिमी क्षेत्रका तीन गाउँका बासिन्दाले फोन गर्नुपर्छ । पालो कुरेर बस्छौँ,’ स्थानीय निमाछिरिङ तामाङले भने, ‘त्यो पनि दिउँसो घाम लागेका वेला मात्रै चल्छ । बिहान, बेलुका र राति त कत्ति पनि काम गर्दैन।’ 

यो खबर हुम्लाबाट नरजन तामाङले आजको नयाँ पत्रिकामा यो खबर लेखेका छन्। 

लिमीमा नेपाल टेलिकमको एउटा भिस्याट फोन छ । त्यसकै भरमा सबैले खबर आदानप्रदान गरिरहेको स्थानीय कोलाप्साङ तामाङले बताए । यहाँ ९० भन्दा बढी परिवार बस्छन् । उनीहरू सबैले दिउँसो पालो कुरेर भिस्याटबाटै फोन गर्दै आएको कोलाप्साङले बताए ।

मध्यपश्चिमाञ्चल लक्षित गरी सञ्चालनमा आएको हेलो नेपालले दुई वर्षअघि लिमीको हल्जी गाउँमा टावर राखेको थियो । तर, फोन सञ्चालन गरिएन । अहिले पनि टावर बन्द अवस्थामै रहेको छ। ‘कहिलेकाहीँ दिउँसो पनि काम गर्दैन, तुरुन्त खबर गर्नुपर्ने वेला गाह्रो हुन्छ,’ स्थानीय कोलाप्साङले भने।

सञ्चार सहज बनाउने प्रयास गर्छाैंः मन्त्री रावल
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दलबहादुर रावलले लिमी क्षेत्रमा सञ्चार सेवा सहज बनाउने प्रयास गर्ने बताए।

‘नेपाल टेलिकमसँग कुराकानी गरेर टेलिफोन सेवा सहज गर्ने प्रयास गर्छौँ,’ मन्त्री रावलले भने । तिहारभन्दा अगाडि नै समस्या समाधान गर्न पहल गर्ने मन्त्री रावलको भनाइ छ ।

फोन गर्दा र उठाउँदा शुल्क
लिमी क्षेत्रमा तिल, हल्जी र जाङ गरी तीन गाउँ छन् । तीनै गाउँमा दुई सय ७५ परिवार बस्दै आएका छन् । तीनै गाउँमा एक–एक थान भिस्याट फोन छ । यी तीनै सेटबाट फोन गर्दा प्रतिमिनेट १० रुपैयाँ तिर्ने गरेको स्थानीय बासिन्दाले बताए।

यहाँका बासिन्दाले फोन गरेको मात्रै होइन, ती सेटमा आफन्तको फोन आउँदा पनि पैसा तिर्नुपर्छ । ‘फोन गर्दा प्रतिमिनेट १० रुपैयाँ र आएको फोन रिसिभ गर्दा प्रतिमिनेट पाँच रुपैयाँ तिर्नुपर्छ,’ स्थानीय निमाछिरिङले भने।

प्रहरी पनि पालो कुर्छन्
लिमी क्षेत्रमा एउटा प्रहरी चौकी छ । तर, प्रहरी चौकीमा पनि सञ्चार उपकरण छैनन् । त्यसैले, उनीहरू पनि खबर आदानप्रदान गर्न यही भिस्याटको भर पर्छन्। स्थानीय बासिन्दासँगै पालो कुरेर फोन गर्दै आएका छन् । ‘सबैले पालो कुर्नुपर्छ, प्रहरीले पनि माथिल्लो निकायमा खबर टिपाउन पालो कुर्छन्,’ स्थानीय कोलाप्साङले भने।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 08:59:18
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।