स्थानीय तहमा सिफारिस दस्तुर २४ गुणासम्म वृद्धि


Infocus



पाल्पाकाे तानसेन नगरपालिकाले सिफारिस दस्तुरमा २४ गुणासम्म कर वृद्धि गरेको छ।

NIC ASIA

व्यवसायमूलक शीर्षकमा करको दर परिवर्तन नगरे पनि ५५ वटा सिफारिस दस्तुरमा भने अत्यधिक कर बढाएको सर्वसाधारणको गुनासो छ।

स्थानीय सरकार भन्छ– कर बढेको छैन। करको दायरा बढेको हो । तर, गत वर्ष संस्था नवीकरण सिफारिस गर्दा नगरपालिकाले २ सय १० रुपैयाँ लिएको थियो ।यस वर्ष ५ हजार १० रुपैयाँ लिएको पाल्पाको खबर माधव अर्यालले आजको कान्तिपुर दैनिकमा लेखेका छन्। 

‘२ हजार ४ सय प्रतिशतसम्मले बढेको छ,’ सामुदायिक रेडियो मदनपोखराका लेखा प्रमुख छवि भट्टराईले भने ।उनले सामुदायिक बहुसञ्चार केन्द्र, तानसेन नगरपालिका ८ को रेडियोको संस्था नवीकरण गर्न जाँदा कर तिर्दा अचम्म परेको बताए ।

‘अघिल्लो वर्ष र अहिलेको रसिद नै फेसबुक वालमा राखेको छु,’ उनले भने, ‘कर वृद्धि भएको छैन भन्ने स्थानीय तहको अवस्था यस्तो छ ।’

तानसेन नगरपालिकाले भने करमा वृद्धि नभएको दाबी गरेको छ। तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पत्रकार सम्मेलन र विभिन्न कार्यक्रममा कर वृद्धि नभई करको दायरा बढाएको बताउँदै आएका छन् । नगरपालिकाका जनप्रतिनिधि पनि करको दायरा बढेको तर कर नबढेको भाषण गर्दै हिँडेका छन्।

‘सिफारिसको दरमा केही शीर्षकमा मात्रै बढेको हो,’ मेयर शाहीले भने, ‘अन्य सबै अघिल्लो वर्षको यथावत् छ ।’ तर, कर तिर्न नगरपालिका पुग्ने सेवाग्राही भने अचम्मित पर्ने गरेका छन् । सिफारिसमा समेत दोब्बररतेब्बर मात्र नभई अत्यधिक बढेको सेवाग्राहीको गुनासो छ।

अधिकांशले आर्थिक ऐन माग गर्ने गरेका छन् । तर, प्रमुुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीले ऐन हेर्न नदिएको सेवाग्राहीको गुनासो छ। अहिले ऐन छापिएर आइसकेकाले खरिद गरेर हेर्न सकिने मेयर शाहीले बताए।

नगरपालिकाको वेबसाइटमा राखिएको अघिल्लो र यस वर्षको आर्थिक ऐन अध्ययनले १० देखि २ हजार ४ सय प्रतिशतसम्म कर वृद्धि गरेको देखिएको छ।
स्थानीय सरकारले मनोमानी ढंगले कर वृद्धि गरेको मेयरका प्रत्याशी अजयमान कर्मचार्यले बताए । ‘पत्रकार र नागरिक समाजलाई आर्थिक ऐन अध्ययन गर्न आग्रह गर्छु,’ कर्माचार्यले भने । स्थानीय बासिन्दा चित्रवलीराम सुवालले ५० रुपैयाँको सिफारिस दस्तुरलाई यस वर्ष नगरपालिकाले ५ सय लिने गरेको गुनासो गरे।

‘वडाबाट सिफारिस लिएर गयो अनि पुनस् ५ सय नगरपालिकाले लिन्छ,’ उनले भने, ‘सर्वसाधारणको दैनिक काम गर्ने सेवामा दुईरतीन गुणा शुल्क वृद्धि गरेको छ ।’ अघिल्लो वर्ष बिटोरी इजाजत दस्तुर १ सय लिने गरेकामा यस वर्ष ५ सय रुपैयाँ पुगेको छ । संस्थागत धारा सिफारिसमा ५ सयबाट १ हजार रुपैयाँ पुर्‍याएको छ । तानसेन नगरपालिकाले घरजग्गा नामसारी सिफारिसको ७ सयबाट १ हजार रुपैयाँ बनाएको छ।

अंशबन्डा सिफारिस ३ सयबाट ८ सय रुपैयाँ पुगेको छ । वैदेशिक प्रयोजन सिफारिस दस्तुर १ हजारबाट बढेर १ हजार ५ सय रुपैयाँ पुगेको छ । कुनै पनि संघसंस्था खोल्ने सिफारिस दस्तुर ७ सयबाट १ हजार रुपैयाँ पुर्‍याइएको छ । संघसंस्था नवीकरण सिफारिस ५ सयदेखि ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भने २ सयदेखि १ हजार रुपैयाँमात्रै थियो ।

कच्ची घर भत्काउने सिफारिस पनि १ सयबाट बढेर १ हजार रुपैयाँ पुगेको छ । पक्की घर भत्काउन भने ३ हजार रुपैयाँ लाग्ने बनाइएको छ । जन्मदर्ता सच्याउने सिफारिस लिँदा पनि ५ सयबाट १ हजार रुपैयाँ पुर्‍याइएको छ । बकसपत्र सिफारिस १ हजार ५ सयबाट २ हजार रुपैयाँ पुगेको छ । मोही सिफारिस १ हजारबाट १ हजार ५ सय रुपैयाँ पुगेको छ । व्यवसाय दर्ता अघिल्लो वर्ष २ सय थियो । यस वर्ष ६ सय रुपैयाँ पुगेको छ । विशेष सुविधा प्राप्त गर्ने सिफारिस ५ सयबाट १ हजार पुर्‍याइएको छ ।

अन्य सिफारिसको अघिल्लो वर्ष २ सय रुपैयाँ थियो । यस वर्ष भने ५ सय पुर्‍याएको छ । विद्यालयका लागि पनि पूर्वप्रावि मन्टेश्वरीको १ हजार ५ सयबाट २ हजार ५ सय रुपैयाँ बनाएको छ । आधारभूतको २ हजारबाट ४ हजार रुपैयाँ पुर्‍याइएको छ । माविको २ हजार ५ सयबाट ८ हजार रुपैयाँ बनाइएको छ ।
आफ्नै जग्गाको रूख स्वप्रयोजनका लागि कटान सिफारिस ५ सयबाट १ हजार रुपैयाँ पुर्‍याइएको छ।

काठ कटान गरी बिक्री गर्ने प्रयोजनका लागि १ हजार ५ सयबाट २ हजार ५ सय पुर्‍याइएको छ । सडक फोडा इजाजत धरौटी पिच सडक र आरसीसीका लागि ५ हजारबाट १० हजार बनाइएको छ । यसको ५० प्रतिशत धरौटी नगरपालिकाले नै राख्ने गर्छ । ढुंगा छापेको सडक फोडा ८ सय रुपैयाँ धरौटी राखे पुग्नेमा ५ हजार रुपैयाँ पुर्‍याइएको छ । ५ लाख रुपैयाँभन्दा बढीको पुँजी लगानीमा उद्योग स्थापना गर्दा १ हजार तिरे पुग्नेमा अब २ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

तानसेन नगरपालिकाले करको दायरा पनि फराकिलो बनाएको छ । अघिल्लो वर्ष झन्डै ३ सय प्रकारका करका शीर्षक थिए भने यस वर्ष ६ सय पुर्‍याइएको छ । नगरपालिकाले धूमपान, मादक पदार्थ, ग्यास, मट्टीतेललगायतका व्यवसायका शीर्षकमा भने करको दर बढाएको छैन। 

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 08:47:02
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...