कामचोर कम्पनी पप्पुलाई किन सधैं छुट ?


Infocus



पप्पु कन्स्ट्रक्सन सबैभन्दा बढी पुल निर्माणको ठेक्का पाउनेमा पर्छ।

उसले ३१ वटा पुलको ठेक्का पाएको छ तर तीमध्ये १५ वटा पुलको निर्माण समयमा पूरा भएको छैन। सडक विभागको पुल महाशाखाका अनुसार कुनै बनाउँदा बनाउँदै छाडिएको छ, कुनै सम्झौताअनुसार नबन्दा हस्तान्तरण हुन सकेका छैनन्।

पप्पुले ३१ वटा पुल बनाउन साढे ५ अर्बको ठेक्का पाएको हो । हुलाकी सडकमा पनि पप्पुकै जगजगी छ। यो खबर आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन्।

समयमा काम नसकेर विवादित उसले पछिल्लो समय चिनियाँ कम्पनीसँग मिलेर राष्ट्र बैंकको भवन निर्माण ठेक्का हात पार्न लागेको छ। जताततै ठेक्का लिएर काम नगर्ने यो कन्स्ट्रक्सनलाई सरकारले कारबाही दायरामा ल्याउन सकेको छैन । ठूलो ठेक्का यही कन्स्ट्रक्सनले पाइरहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार कारबाही भनेको ऊसँग कन्ट्रयाक्ट तोड्ने, कालोसूचीमा राख्ने, क्षतिको हर्जाना तिराउने हो ।

‘हामीले कानुनअनुसार गर्न सक्ने कारबाही यही हो,’ उनले भने, ‘समिति गठन गरेरै पप्पुले निर्माण गरेका पुलबारे छानबिन भइसकेको छ, कारबाहीका लागि सम्बन्धित आयोजनामा पठाइसकिएको छ।’

कारबाही गरेर कालोसूचीमा नराख्दासम्म ठेक्का प्रक्रियामा ऊ अयोग्य ठहर हुँदैन । अयोग्य ठहर नहुँदासम्म पप्पुले प्रक्रिया पूरा गरेर ठेक्का हाल्न पाउने अधिकारी बताउँछन् ।

‘उसको परफर्मेन्स पटक्कै छैन, छानबिन समितिले जति पुलको छानबिन गर्‍यो, सबैमा त्रुटि भेटिएको छ,’ उनले भने, ‘कारबाही सुरु भइसकेको छ ।’ उनका अनुसार उसलाई कालोसूचीमा राख्न सकिन्छ । ‘गल्तीअनुसार कारबाही हुन्छ,’ उनले भने।

पूर्वभौतिक सचिव तुलसी सिटौला निर्माणका कामको एकीकृत तथ्यांक नहुँदा यस्तो समस्या भएको बताउँछन् । ‘सम्बन्धित निकाय र आयोजनाबाटै डाटा माग्न जरुरी छ,’ उनले भने, ‘तर त्यस्तो गर्ने परम्परा छैन । डाटा अभाव समस्या देखिएको छ।’

प्रकाशित ९ असोज २०७५, मंगलबार | 2018-09-25 08:52:19
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं