यस्तो छ सरकारले तोकेको नयाँ भाडादर


Infocus



यातायात व्यवस्था विभागले आइतबारदेखि लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको छ।

NIC ASIA

विभागले यातायात व्यवसायीसँग शनिबार भएको सम्झौताअनुसार साविकको भाडादरमा १० प्रतिशत वढाएर नयाँ भाडादर सार्वजनिक गरेको खबर आजको नागरिक दैनिकले छापेको छ।

यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो।

विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ। न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४ तिर्नुपर्नेछ। साविकमा रु १३ न्यूनतम भाडा भए पनि सवारी साधनले यात्रुसँग रु १५ लिँदै आएका थिए।

नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म रु १६, छ किलोमिटरसम्म रु १७, आठ किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २१, तेह्र किलोमिटरसम्म रु २३, सोह्र किलोमिटरसम्म रु २५, उन्नाइस किलोमिटरसम्म रु २६ र सोभन्दा माथि रु २७ भाडा कायम भएको छ।

विभागले हाल भाडादर समायोजन गर्दा डिजलको मूल्य प्रतिलिटर रु १०१ रु पेट्रोलको मूल्य रु ११४ का आधारमा गरिएको जनाएको छ। पेट्रोलियम पदार्थमा रु पाँचभन्दा बढीले घटबढ भएमा नयाँ भाडादर कायम गरिने विभागले जनाएको छ।

यस्तै चक्रपथ बाहिर चार किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी दुई रुपैयाँ पाँच पैसाका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ। तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ।
कुन स्थानमा जान कति भाडा

काठमाडौँ–सिलगढी रु १६७५
काठमाडौँ–इलाम रु १३४८
काठमाडौँ–उर्लाबारी रु १०८४
काठमाडौँ– कटारी रु ८०४
काठमाडौँ– कलैया रु ५६३
काठमाडौँ– काँकडभिट्टा रु ११७२
काठमाडौँ–कुमारखोज (झापा) रु ११७२
काठमाडौँ–कुरिनटार रु २०९
काठमाडौँ–कृष्णनगर रु ६८६
काठमाडौँ–कोठियाघाट रु ११३६
काठमाडौँ–खोपासी रु ८४
काठमाडौँ–गल्छी रु ९९
काठमाडौँ–गाइघाट रु ८६८
काठमाडौँ–गुलरिया रु १०९१
काठमाडौँ–गोरखा रु ३०७
काठमाडौँ–गोलधाप रु ११६९
काठमाडौँ–गौर रु ६५१
काठमाडौँ–गौरीगञ्ज रु ११२३
काठमाडौँ–महोत्तरी रु ७१३
काठमाडौँ–चिसापानी कर्णाली रु ११००
काठमाडौँ–चौतारा रु १९५
काठमाडौँ–जनकपुर रु ७३६
काठमाडौँ–जलेश्वर रु ७६५
काठमाडौँ–जिरी रु ५३२
काठमाडौँ–तातोपानी रु २७५
काठमाडौँ–त्रिशूली रु १७५
काठमाडौँ–धनगढी रु १३२१
काठमाडौँ–साँफेबगर रु १८७३
काठमाडौँ–धरान रु १०४१
काठमाडौँ–धादिङबेँसी रु १८४
काठमाडौँ–धुन्चे रु २९७
काठमाडौँ–धुलिखेल रु ६३
काठमाडौँ–नारायणगढ रु ३०७
काठमाडौँ–नारायणगढ– हेटौडा रु ४५३
काठमाडौँ–नेपालगञ्ज रु १०२५
काठमाडौँ–पनौती रु ६३
काठमाडौँ–पोखरा रु ४२८
काठमाडौँ–बालिङ रु ५८५
काठमाडौँ–फत्तेपुर रु ९२२
काठमाडौँ–भालुवाङ–प्यूठान रु ९२८
काठमाडौँ–भैरहवा रु ५६१
काठमाडौँ–मटिहानी रु ७८४
काठमाडौँ–मलङ्गवा रु ६७१
काठमाडौँ–महेन्द्रनगर रु १३३२
काठमाडौँ–मेलम्ची रु १६२
काठमाडौँ–राजगढ रु ११६६
काठमाडौँ–बाग्लुङ रु ६०८
काठमाडौँ–वीरगञ्ज रु ५४०
काठमाडौँ–सिन्धुली रु ७३५
काठमाडौँ–सुर्खेत रु १२११
काठमाडौँ–सिराहा रु ८००
काठमाडौँ–बुटवल रु ५१९
काठमाडौँ–स्याङ्जा रु ५१०
काठमाडौँ–तम्घास रु ८४०
काठमाडौँ–तानसेन रु ६१५
काठमाडौँ–धनकुटा रु १२०१
काठमाडौँ–वसन्तपुर रु १३२२
काठमाडौँ–सन्धिखर्क रु ७८८
काठमाडौँ–सल्यान रु ७९९

प्रकाशित ८ असोज २०७५, सोमबार | 2018-09-24 07:54:30
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।