Exclusive

बलात्कारी बाबुले भने- ‘मलाई फाँसी देउ !’



बलात्कार सांकेतिक इमेज
बलात्कार सांकेतिक इमेज

सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ। बाबुले छोरीलाई बलात्कार गरे भन्दा।

तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरीका एक व्यक्तिले आफ्नी ११ वर्षकी छोरीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ। यो खबर आजको समाचारपत्र दैनिकमा सुरेश तामाङले लेखेका छन्।

अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो। न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गएको सोमबार यस्तो फैसाला सुनाएको हो।

उनले आफ्नी छोरीलाई गएको चैत १५ गते बेलुकी साढे ९ बजेदेखि २०७५ साउन १० गतेसम्म पटकपटक गर्भ निरोधको कुनै साधन प्रयोग नगरी करणी गरेका थिए।

बलात्कृत छोरीले आफूलाई डरत्रास देखाई ज्यानै मार्नेसम्मको धम्की दिई जबरजस्ती करणी गरेको अदालतमा बयान दिएको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकृत रमेश भट्टराईले बताए।

आफूलाई जबरजस्ती करणी गरेको र केही दिनपछि पेट बढेको तथा महिनावारी नभएको कुरा बुबालाई सुनाएको बयानका क्रममा बलिकाले अदालतमा बताएकी थिइन्।

बुबाले गर्भवती छ÷छैन भनी पिसाब जचाउन लगेको, पिसाब जाँचपछि आफ्नो छोरी आफैँबाट गर्भवती भएको उनले थाहा पाए। उनी गर्भवती रहेको कुरा थाहा पाएपछि बच्नका लागि अनौठो योजना उनले बनाए । ‘उनले तिम्रो पेटमा पानी भरिएकाले पेट ठूलो भएको रहेछ तिमीलाई अस्पताल लगी जँचाउनुपर्दछ’ भने।

उनले छोरीको गर्भमा रहेको बच्चा फाल्न चावहिलको सम्राट पोलिक्लिनिक एन्ड मेडिकल सेण्टर प्रालिमा लगेको प्रहरीको अनुसन्धानपछि खुल्न आयो । घटनाको अनुसन्धानमा महानगरीय प्रहरी वृत्त चापागाउँ जुटेको थियो।

त्यस मेडिकलमा लगी आफूलाई बायाँ पाखुरामा एउटा सुई दिएको थाहा पाएकी र त्यसपछि के भयो थाहा नभएको उनले बयान दिइन् । उनले प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतसम्म पनि एक शब्द पनि तलमाथि नगरी बयान दिइन्।

उनले बयान दिँदै भनेकी थिइन्– ‘भोलिपल्ट म होसमा आउँदा मेरो योनीमा प्याड लगाएको र रगत बगिरहेको थियो, अहिलेसम्म मेरो पेट दुखिरहन्छ, राम्रोसँग हिँडडुल गर्नसमेत मिल्दैन।’

उनकी आमा ३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । आमा मलेसिया गएपछि उनी र बहिनी बुबासँगै डेरामा बस्न थाले । उनले आफ्ना बाबुले आफूमाथि यस्तो हर्कत गर्छन् भन्ने जीवनमा कहिल्यै पनि सोचेकी थिइनन्।

जब छोरी आफैँबाट गर्भवती भएको थाहा पाए, त्यसपछि उनले विदेशमा रहेकी श्रीमतीसँग छोरीको अप्रेसन गर्नुपर्छ भन्दै ५० हजार पठाउन आग्रह गरे ।

विदेशबाट पठाएको त्यही पैसाले उनले छोरीको गर्भपतनसम्म गर्न सफल भए । आफ्नो छोरीको अप्रेसन गर्ने भन्ने कुरा सुनेर अत्तालिएकी आमा मलेसियाबाट श्रीमान्लाई थाहै नदिई नेपाल फर्किइन्।

श्रीमतीलाई उनले छोरीलाई के रोग लागेको केही प्रस्ट पारेका थिएनन् । श्रीमती नेपाल फर्केको थाहा पाउनेबित्तिकै छोरीसहित बेपत्ता भए उनी।

श्रीमती नेपाल फर्केपछि श्रीमान् र छोरी हराएको भन्दै प्रहरीमा जाहेरी दिँदै खोजिदिन आग्रह गरिन् । केही दिनमा प्रहरीले श्रीमान्सहित छोरी फेला पा¥यो ।

आमाले छोरीलाई भएको बिरामको विषयमा सोधपुछ गर्दा बुबाले आफूलाई गरेको हर्कत जस्ताको त्यस्तै नढाँटी सुनाइन् । त्यसपछि यो घटना सतहमा आयो । बाबुले पनि छोरीलाई बलात्कार गरेको स्वीकारे । उनले बयान दिँदा भनेका थिए– ‘मैले गल्ती गरेँ, मलाई जस्तो सजाय दिँदा पनि कमी हुन्छ, बरु फाँसी दिनुस्।’

प्रकाशित ८ असोज २०७५, सोमबार | 2018-09-24 07:17:15
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।