के अब अश्लील वेबसाइट बन्द होलान् ?


Infocus



नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेला यो जिज्ञासा छ।

NIC ASIA

नियामक निकाय प्राधिकरणले आइतबार दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवाप्रदायक र नेटवर्क सेवा प्रदायकलाई पत्र लेखेर अश्लील सामग्री समावेश भएका वेभ साइट बन्द गर्न निर्देशन दिएको छ।

इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले नेपाली समाजको मूल्य मान्यता तथा सामाजिक सद्भावमा खलल पुगेको, यौनजन्य हिंसा र विकृतिलाई प्रेरित गरेको सरकारको निष्कर्ष छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा गोपाल साउदले लेखेका छन्।

सरकारले अश्लील सामग्रीमा प्रतिबन्धको निर्देशन दिँदा प्रविधिमा प्रतिवन्ध गर्न नखोजेको स्पष्टीकरण पनि दिएको छ।

प्राधिकरणका अनुसार नेपालमा अहिले कुल जनसंख्याको ५१ दशमलव १५ प्रतिशत अर्थात् डेढ करोड जनसंख्यामा तीब्र गतिको इन्टरनेट पहुँच पुगिसकेको छ।

इन्टरनेटको पहुँचसँगै त्यसमार्फत् बालबालिकासमेत त्यस्ता सामग्रीको सम्पर्कमा सहजै पुग्न सक्ने स्थिति छ।

यौनजन्य सामग्रीको सहज पहुँचले बलात्कार, यौन दुव्र्यवहारलगायतका घटनामा सघाउ पुगेको निष्कर्षसहित सरकार प्रतिवन्ध लगाउनेसम्मको निष्कर्षमा पुगेको हो।

इन्टरनेटमार्फत् अश्लील सामग्रीमा हुने पहुँचमा रोक लागाउने सरकारको यो निर्णय पहिलो भने होइन। आठ वर्ष अघि ०६७ सालमै सरकारले यस्तो प्रयास गर्दा पनि सफल भएको थिएन।

प्रकाशित ८ असोज २०७५, सोमबार | 2018-09-24 06:49:10
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...