फेसबुकमा समाचार सेयर गर्दा जागिर चट् !


Infocus



समाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ।

NIC ASIA

जिल्ला अदालतले रायलाई फेसबुकमा संविधानविरोधी गतिविधि सेयर गरेकै कारण जागिरबाट हटाएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

संविधान विरोधी समाचारको लिंक सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका कारण करारमा कार्यरत उनलाई हटाइएको अदालतले जनाएको छ।

‘न्यायालयमा उच्च मनोवलका साथ न्याय खोज्न आउँछन्, तर मलाई न्यायालयबाटै अन्याय भयो,’ आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले भनिन्, ‘न्यायालयले नै अन्याय गरेपछि म कहाँ जाउँ ?’

जिल्ला अदालत धनुषाका स्रेस्तेदार राधाकृष्ण झाले भने गुञ्जा राय करारकी कर्मचारी भएको र उनको काम सन्तोषजनक नभएकाले म्याद थप नगरिएको बताए।

प्रकाशित ८ असोज २०७५, सोमबार | 2018-09-24 06:20:11
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...