यसकारण अभाव भएको रहेछ उपत्यकामा इन्धन


Infocus



भदौ १ बाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ लाई बहाना बनाएर ट्यांकर चालकले इन्धन ढुवानी नगर्दा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको छ।

NIC ASIA

ट्यांकर चालकले अत्यावश्यक सेवासम्बन्धी कानुन प्रतिकूल हुनेगरी पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध गरेको खबर दिलीप पौडेलले आजको नागरिक दैनिकमा लेखेका छन्।

बुधबार इन्धन ढुवानी नभएपछि बिहीबार राजधानीका खुलै रहेका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोल भर्ने सवारीसाधनको लाइन लागेको थियो भने केही पम्प बन्द थिए।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले सरकारसँगको माग देखाएर चालकले ढुवानीमा अवरोध गर्नु गैरजिम्मेवारीपन भएको बताए। उनले भने, ‘ढुवानीमा अवरोध गर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्छ।’

नेपाल आयल निगमको थानकोट डिपोले बुधबार कम इन्धन वितरण भए पनि बिहीबार अन्य दिनजस्तै डिजेल र पेट्रोल पम्पमा पठाएको जनाएको छ।

उपत्यकामा नियमित रूपमा जानेजति नै पेट्रोल र डिजेल आपूर्ति गरेको थानकोट डिपो प्रमुख नेत्र काफ्लेले बताए। बुधबार बिदाको दिन परेकाले पर्याप्त इन्धन बजारमा नजाँदा अभाव भएको निगमको दाबी छ।

बिहीबार थानकोट डिपोबाट ६ सय किलोलिटर पेट्रोल र ५ सय ५० किलोलिटर डिजेल बजारमा पठाएको निगमले जनाएको छ।

थानकोट डिपोमा ३ हजार किलोलिटर पेट्रोल र ५५ सय किलोलिटर डिजेल स्टक छ। यो परिमाणले पाँच दिनलाई पुग्ने काफ्लेले बताए।

‘उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन,’ काफ्लेले भने, ‘नियमित रुपमा आपूर्ति गर्छौं।’

प्रकाशित ५ असोज २०७५, शुक्रबार | 2018-09-21 07:22:29
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...