अन्तरिक्षमा मानव यान पठाउने मोदीको घोषणा


Infocus


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा अन्तरिक्षमा मानव यान पठाउने घोषणा गरेका छन् ।

NIC ASIA

स्वतन्त्रता दिवसका अवसरमा बुधबार लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले स्वतन्त्रताको ७५ औं वर्ष पूरा भएको अवसरमा राष्ट्रिय झण्डासहित भारतीय नागरिकलाई अन्तरिक्षमा पठाउने बताएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

यसपछि अन्तरिक्षमा मानव पठाउने मुलुकमा भारत चौथो बन्ने उनले बताए । यसअघि रूस, अमेरिका र चीनले अन्तरिक्षमा मानव पठाइसकेका छन् । अन्तरिक्षमा मानव पठाउने यानको केही दिनअघि परीक्षणसमेत गरिसकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अन्तरिक्ष मिसनका लागि ९ अर्ब रुपैयाँको बजेट तय गरिएको छ ।

यसअघि पहिलो भारतीयका रूपमा राकेश शर्माले सन् १९८४ मा सोभियत रकेटमार्फत अन्तरिक्षको यात्रा गरेका थिए । अन्तरिक्ष कार्यक्रममा भारत सन् १९६० को दशकदेखि सक्रिय रहँदै आएको छ ।

यो मुलुकले आफ्नो र अन्य देशका लागि थुप्रै भूउपग्रह पठाइसकेको छ । सन् २०१४ मा एउटा भूउपग्रह मंगल ग्रहको कक्षमा समेत सफलताका साथ पठाइसकेको छ । प्रधानमन्त्री मोदीले ४ वर्षमा आफ्नो सरकारले देशको आर्थिक सुधार एवं गरिबी तथा भ्रष्टाचार न्यूनीकरणका लागि गरेका कामको सूची प्रस्तुत गरेका थिए ।

प्रकाशित ३१ साउन २०७५, बिहिबार | 2018-08-16 08:41:10
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।