विप्लवसहित सात नेताविरुद्ध संगठित अपराध मुद्धा


Infocus


नेत्रविक्रम चन्द विप्लव
नेत्रविक्रम चन्द विप्लव

जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका ७ जना उच्च तहका नेताविरुद्ध जिल्ला अदालत कालिकोटमा संगठित अपराध तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्धा दर्ता गरेको छ।

NIC ASIA

मंगलबार नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा कर्णाली राजमार्गको कालेखोला र जिल्ला सदरमुकाम मान्मस्थित मालपोत र नापी कार्यालयको हाताभित्र बम विस्फोट भएको थियो।

बम बिस्फोटमा संलग्न रहेको भन्दै नेकपाका ७ जना नेताविरुद्ध बुधबार जिल्ला अदालतमा संगठित अपराध तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले जानकारी दिए।

उनले कर्णाली राजमार्गको कालेखोलामा विस्फोटमा संलग्न भएको अभियोगमा शान्नित्रिवेणी गाउँ पालिका मुम्राका कासे दर्जीलाई पक्राउ गरिएको र उनले दिएको वयानका आधारमा नेकपाका उच्च तहका नेताहरुको पनि संलग्नता रहेको देखिएकाले उनीहरुविरुद्ध अदालतमा मुद्धा दर्ता गरिएको बताए। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

नेकपाका पोलिटब्युरो सदस्य भरतबहादुर बम ‘रणवीर’, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य धिरेन्द्र उपाध्याय ‘भृकुटी’, जिल्ला ईन्चार्ज लोकजंग शाही ‘समर’, महिला नेतृ शान्ति विक ‘क्रान्ति’ समेतलाई मुद्धा दायर गरिएको छ।

प्रेसर कुकर बम बिस्फोटमा संलग्न कासे दर्जि सहित नेकपाका उच्च तहका नेताहरु बिरुद्धको मुद्धामा जिल्ला अदालत कालिकोटले बिहीबार सात दिन म्याद थप गरेको छ।

प्रकाशित ३१ साउन २०७५, बिहिबार | 2018-08-16 08:31:46
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।