सिंहदरबार प्रवेशमा यसरी गर्दैछ सरकार थप कडाइ


Infocus


देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको छ।

NIC ASIA

सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको खबर आजको समाचार पत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन्।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांक छ ।

सिंहदरबारको चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने गृह मन्त्रालयअन्तर्गत रहेको सिंहदरबार सुरक्षा समन्वय समितिले गृहकार्य अगाडि बढाएको छ।

सिंहदरबारमा रहेको चारवटा गेटमध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दक्षिण गेटमा सिंहदरबार प्रवेश गर्नेको भीड लाग्ने गरेको छ । स्थानीय र प्रदेश सरकार गठन भएर सञ्चालनमा आए पनि सिंहदरबारमा प्रवेशमा भने सर्वसाधारणको भीड कम हुन सकेको छैन।

सिंहदरबार सुरक्षा समन्वय समितिले चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने, एकद्वार प्रणालीबाट प्रवेश पास वितरण गर्ने र आवश्यक मानिस मात्र प्रवेश गर्ने गरी व्यवस्थापन गर्न लागेको हो।

सिंहदरवारभित्र हाल प्रधानमन्त्री कार्यालयमा डिजिटल गेट सञ्चालनमा ल्याइएको छ । सिंहदरबारलाई प्रविधिमैत्री र सुरक्षित बनाउनका लागि समन्वय समितिले गेटमा ब्यागेज एक्सरे मेसिन जडान गर्ने, गाडी चेक गर्न भेइकल स्क्यानर भेकल मिरर जडान गर्ने तयारी गरेको छ ।

–दक्षिण गेटबाट भित्रने, पूर्वी गेटबाट बाहिरिने
–सुरक्षाको गेट सर्वसाधारणलाई बन्द
–प्रविधिमैत्री सिंहदरबार बनाइने
–चारवटै गेटमा डिजिटल गेट राख्ने
–भीड घटाउन एकद्वार प्रवेश पास
–गृह र प्रधानमन्त्री कार्यालयले मात्र पास दिन सक्ने

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले सिंहदरबारलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बनाउन लागिएको बताए।

सिंहदरबार सुरक्षा समन्वय समितिले तत्कालीन, अल्पकालीन र दीर्घकालीन रुपमा सिंहदरबारलाई कसरी प्रविधिमैत्री बनाएर लैजान सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको छ।

प्रकाशित ३१ साउन २०७५, बिहिबार | 2018-08-16 07:57:28
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।