सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?


Infocus



डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।
डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

नदीवरपर पनि सहज ढंगले पानी बग्थ्यो। तर, पछिल्लो एक दशकयता काठमाडौंमा अत्यधिक घर तथा सडक बनेपछि यहाँको जमिनले आकाशबाट परेको पानी सोस्न छाडेको छ। त्यसैले डुबानको समस्या देखिन थालेको हो। यो खबर आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन्।

कंक्रिट संरचनाले मात्रै होइन, खोलाकिनारामा खुला स्थान अतिक्रमण गरेर बनाएका सडक तथा पुलका कारण पनि बस्ती डुबानमा पर्न थालेका छन्।

‘पहिला काठमाडौंमा पर्याप्त जंगल थियो, आकाशेपानी जमिनले सहजै सोस्थ्यो,’ संंस्कृतविद् सत्यमोहन जोशीले भने, ‘पहिला त नदीकिनारामा बस्ती हुँदैनथ्यो। त्यसैले बस्तीमा बाढीको समस्या आउँदैनथ्यो । खोलानाला स्वतन्त्रपूर्वक आफ्नो धार फेर्दै बग्थे।’

जोशीका अनुसार ५० वर्षअघि काठमाडौं उपत्यकामा खोलानाला स्वतन्त्र रूपले बग्थे। घना बस्ती बस्दै गएपछि उपत्यकामा प्राकृतिक ढंगको निकास बन्द भयो।

‘पहिला पनि वर्षायाममा काठमाडौंमा मज्जाले पानी पथ्र्यो,’ उनले भने, ‘काठमाडौंका नदीनालाका पानी चोभारमा पुगेर दहमा परिणत हुन्थ्यो। त्यो बेला पातलो बस्ती भएकाले मानवीय क्षति हुँदैनथ्यो।’

जबरजस्ती ढंगले मानिसले खोलाको बहाव परिवर्तन गरेकाले उपत्यकामा डुबानको समस्या देखिएको खानेपानी तथा सरसफाइ मन्त्रालयका पूर्वसचिव भीमप्रसाद उपाध्याय बताउँछन्।

‘यसअघि पनि उपत्यकामा अत्यधिक वर्षा हुन्थ्यो । अहिले जस्तो भीषण वर्षा हुँदैनथ्यो,’ उनले भने, ‘काठमाडौं उपत्यकामा अत्यधिक ढंगले कंक्रिटको संरचना ठडाएकाले आकाशेपानी सोस्न नपाएर बाढीले रौद्र रूप देखाएको हो।’

काठमाडौं उपत्यकामा अधिकांश नदी आसपास खाली ठाउँ भेट्नै मुस्किल पर्छ। प्राचीन राजकुलो र नदी क्षेत्रको अतिक्रमणका कारणले बाढीको समस्या उब्जिएको हो।

पूर्वाधारविद् सूर्यराज आचार्य उपत्यकामा अव्यवस्थित कंक्रिट बस्तीका कारण प्राकृतिक रूपमा जमिनमुनि पानी सोस्ने क्रम घटेसँगैबस्तीमा डुबानको समस्या देखिएको बताउँछन्।

बुधबार बिहानपख काठमाडौंको बागमती, विष्णुमती, टुकुचा, धोबीखोला, च्यानेखोलालगायतमा आएको बाढीले वितण्डा मच्चायो। तीनकुने, अनामनगर, घट्टेकुलो, शान्तिनगर, थापाथलीलगायत क्षेत्र डुबानमा परे।

खोला किनारमा बस्दै आएका सुकुम्बासी र अन्य स्थानीयका घरटहरा डुबे। हिउँदयाममा सुक्खा देखिने काठमाडौंका खोलाको पानी करिडोर पार गर्दै घरभित्रै छिरेपछि स्थानीय त्रसित बने। भुइँतलामा पानी पसेपछि स्थानीयले प्रहरी र जनप्रतिनिधि गुहारे।

बाढीले मानवीय क्षति नभए पनि सरसामानमा क्षति पुगेको छ। ‘राति सुतिरहेका थियौं, एक्कासि कोठामा पानी पस्यो, डेरामा भएको खानेकुरा सबै भिज्यो,’ देवीनगर बस्ने कुमार राईले भने।

काठमाडौं महानगरपालिका–३१ वडाका वडाध्यक्ष नारायण भण्डारीले बागमती पुल र नदी अतिक्रमणका कारण बाढी आएको बताए।

उनले खोलाले ओगटेको जग्गा हडप्ने प्रवृत्तिका कारण उपत्यकाका खोलाले ठूलो वितण्डा ल्याउन सक्ने बताए। ‘सबैतिर नदी ओगट्ने र संरचना बनाउने क्रम बढेको छ,’ उनले भने, ‘यसलाई पुरानै अवस्थामा पु¥याउन सकिएन भने भविष्यमा ठूलो विनाश नल्याउला भन्न सकिन्न।’

उनका अनुसार वडा ३१ का ६० भन्दा बढी घर डुबानमा परेका छन्। तीनकुनेस्थित बागमती खोलामा पुल बनाउँदा नदीको क्षेत्रफल साँघुरो पारिएको वडा कार्यालयको निष्कर्ष छ।

प्रकाशित ३१ साउन २०७५, बिहिबार | 2018-08-16 07:18:58
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    मी टू सन्दर्भः ओठ भरिलो पारेर उसले मेरो ब्लाउजमाथि ‘फ्रिक्सन’ गरिरह्यो

    मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण)...

  • सुनम गौतम

    अष्ट्रेलियन क्रिकेटमा नेपाली युवाको संघर्ष

    नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै...

  • भुटानी नरेश जिग्मी खेशर वाङचुक भारतीय प्रधानमन्त्री माेदीसँग

    भारतको ऋण चंगुलबाट निस्केला भुटान?

    चुनावैपिच्छे नयाँ पार्टीको सरकार बन्ने परम्परा बसेको भुटानमा प्रधानमन्त्रीका रुपमा छिरिङको सफलता बिजुलीको मूल्य वृद्धि र भारतको ऋणभार कम गर्नुमै...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

    सरकारको खरिद नियम उल्लंघन गरी बद्नियतपूर्ण तरिकाले आफूले चाहेको ठेकेदारलाई सटर भाडामा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...