दसौं सन्तानमा जन्मियो छोराः आमा भन्छिन्–‘ज्यान गले पनि परिवार र समाजका लागि छोरा जन्माएँ’



सल्यानको कुमाख गाउँपालिका–२, डाँडाकटेरीकी डिल्ली शाहीसँग ९ छोरी थिए। ४० वर्षको उमेरमा उनले दुई दिनअघि दसौं सन्तान जन्माइन्।

‘सबैले छोरीमात्र जन्माई भनेर हेलाँ गर्थे, अब त सबैको मुख बन्द भएको छ,’ जिल्ला अस्पतालमा उनले भनिन्, ‘सुत्केरी हुँदाहुँदा ज्यान गले पनि घर परिवार र समाजका लागि छोरा जन्माएँ।’

१६ वर्षको उमेरमा गाउँकै डिल्लीबहादुर शाहीसँग विवाह गरेकी उनका नौमध्ये ३ छोरीको विवाह भइसकेको छ। तिनीहरूबाट उनले नातिनातिनी पनि देखिसकेकी छिन्। यो खबर आजको कान्तिपु दैनिकले छापेको छ।

कान्छी छोरी दुई वर्षकी छन्। ‘अब त सन्तानको रहर पुग्यो, बन्ध्याकरण (नरप्लान्ट राखेको पाखुरा देखाउँदै) पनि गरिसकें,’ उनले भनिन्, ‘अहिलेसम्मको दुःख, पीडा पनि सबै बिर्सिसकियो।’

सन्तानको रहर पुगेपछि उनले श्रीमानलाई भ्यासेक्टोमी गर्न आग्रह गरेकी थिइन्। तर, मानेनन्। त्यसपछि अस्पतालका स्वास्थ्यकर्मीको आग्रहमा उनी आफैं अघि सरिन् नरप्लान्ट राख्न। स्वास्थ्यकर्मीले अब डिल्लीलाई थप सन्तान जन्माए आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्नेतर्फ सचेत गराएका पनि छन्।

५० वर्षका श्रीमान् डिल्लीबहादुरले भने, ‘यति धेरै सन्तान जन्माउने रहर त थिएन, तर समाजलाई देखाउनकै लागि यस्तो जोखिम लिनुपर्‍यो।’

डिल्लीबहादुरको आर्थिक स्थिति पनि त्यति राम्रो छैन। खेती–किसानी र ज्याला–मजदुरी गरेर शाही परिवारले परिवार पाल्दै आएको छ।

प्रकाशित २३ साउन २०७५, बुधबार | 2018-08-08 06:38:25
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    त्यो भेटमा भन्न नसकेको ‘यू आर माई भ्यालेन्टाईन’

    मतिर मायालु नजर फ्याँक्दै तिमी बोल्यौ, ‘रात परेपछि तिमीसँगै बसेर खाएको अरुले देख्यो भने मेरो घरमा बास हुन्न। बरु सर्ट ड्राईभमा कुरा गर्दै सहरलाई एक...

  • अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

    तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको आडमा पाठकले अख्तियारको आयुक्त पद हत्याएका थिए। पाठकले कार्कीलाई त्यसअघि नै एउटा महत्वपूर्ण गुण लगाएका...

  • घूस खाने आयुक्तका बाँकी विकल्पः राजीनामा कि महाअभियोग

    घुस कान्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध माअभियोग प्रस्ताव दर्ताको तयारी सुरु भएको छ।

  • अख्तियार आयुक्त राजनारायण पाठक

    अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा

    भ्रष्टचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठक आफैले ७८ लाख रुपैयाँ घूस लिएको खुलासा भएको छ।