सुनसान अस्पताललाई किन दिइँदैछ सम्बन्धन ?




लोकन्थली पुलमा राखेको ब्यानरमा लेखिएको सेवा सुविधा हेर्दा लाग्छ, समिट अस्पताल चौबिसै घण्टा सञ्चालनमा छ र बिरामीको चाप थेगिनसक्नु छ।

NIC ASIA

तर, अस्पतालको गेटभित्र छिरेपछि थाहा हुन्छ, यहाँ बिरामीको संख्या शून्य छ । ओपीडीमा पनि फाट्टफुट्ट बिरामी आउँछन् । आईसीयू सुविधासमेत भएको यो अस्पतालमा साताअघि पुग्दा जनरल वार्डमा एकजना पनि बिरामी थिएनन्। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन्।

बेडमा बोराका ठूल्ठूला पोका थिए । नर्सिङ स्टेसन र आकस्मिक कक्ष सुनसान थियो । दिनभरिमा जम्मा दुई जना बिरामी भर्ना भएका थिए । शिक्षामन्त्री अध्यक्ष हुने सीटीईभीटी परिषद् भने यो सुनसान अस्पताललाई नर्सिङ कार्यक्रमको सम्बन्धन दिने अन्तिम तयारीमा छ।

सीटीईभीटीका उपाध्यक्षको संयोजकत्वमा बसेको सल्लाहकार समितिको बैठकले यो अस्पताललाई सम्बन्धन दिन सिफारिस गरेको छ । सम्बन्धन दिन लागिएको कलेजको सूचीमा यो अस्पताल १३ औं नम्बरमा छ।

सीटीईभीटीबाट नर्सिङ कार्यक्रमको सम्बन्धन दिन तयार पारिएको सूचीमा पहिलो नम्बरमा सीतापाइलाको शुभेच्छा इन्टरनेसनल अस्पताल छ । यो अस्पतालमा पनि बिरामी संख्या न्यून छ । ५० शय्याको अस्पतालमा बुधबार १२ बजे पुग्दा जनरल वार्डमा ९ जना, आईसीयूमा १ जना र प्राइभेट वार्डमा १ जना मात्रै थिए ।

सम्बन्धन दिन लागिएको भक्तपुरको मध्यपुर अस्पतालमा बिहीबार बिहान पुग्दा २६ बिरामी थिए । अन्य अस्पतालको तुलनामा मध्यपुरमा बिरामीको चाप अलि बढी नै थियो ।

सीटीईभीटीका अनुसार नर्सिङ कलेज सञ्चालन गर्ने अस्पतालको कुल शय्यामध्ये कम्तीमा ६० प्रतिशत बिरामी हुनुपर्छ । चिकित्सा शिक्षा विधेयकमा पनि यो प्रावधान छ।

तर, यस्तै पूर्वाधार र बिरामी संख्या नपुगेका संस्थालाई सम्बन्धन दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको परिभाषा नै परिवर्तन गरेका छन्, जसमा सीटीईभीटीलाई बाहिर पारिएको छ । अध्यादेशमा पहिले भएको व्यवस्थाअनुसार विधेयक ल्याउँदा सीटीईभीटीबाट सम्बन्धन दिन नमिल्ने भएपछि परिभाषा नै परिवर्तन गरेको मन्त्रालय स्रोतले जनाएको छ।

सम्बन्धन दिन लागिएका राजधानीका तीन अस्पताल अवलोकन गर्दा कुनैमा पनि ६० प्रतिशत बिरामी थिएनन् । यी तीनजस्तै अन्य २५ वटा अस्पताललाई नर्सिङ, फार्मेसी, सामान्य चिकित्सा, ल्याब टेक्निसियन, रेडियोग्राफीको सम्बन्धन दिने तयारी छ । तीमध्ये २० वटालाई नर्सिङको सम्बन्धन दिइँदै छ।

‘सबैको पूर्वाधार ठीक भएकाले सम्बन्धन दिन उचित भएको निर्णय सल्लाहकार समितिले दिइसकेको छ,’ सीटीईभीटी स्रोतले भन्यो । समितिले पूर्वाधार ठीक भएको दाबी गरे पनि कान्तिपुरले तीन वटा अस्पतालको स्थलगत अनुगमन गर्दा एउटामा बिरामी शून्य थिए भने अन्य दुईमा पनि ‘अकुपेन्सी’ पुगेको थिएन।

प्रकाशित ४ साउन २०७५, शुक्रबार | 2018-07-20 07:31:58
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...