बालुवाटारः प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय ?




तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो।

NIC ASIA

असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो। नेकपा नियमावली परिमार्जन कार्यादलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाकिएको थियो। अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो। सो बैठकले पार्टीको नियमावली तथा विधान पारित गर्ने निर्णय गर्यो।

गत महिना सत्तासीन नेकपाका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निवासमै भए। सत्ताको नेतृत्व गरेका नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरेको यो विषय नौलो भने होइन। यसअघि पनि सरकारको नेतृत्व गरेका दलले यही ठाउँलाई पार्टी बैठकस्थलका रुपमा प्रयोग गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा बसन्त खड्काले लेखेका छन्।

२०४६ सालको जनआन्दोलनबाट बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि पहिलोपटक २०४८ मा नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र आफ्नो गुटका बैठक सरकारी निवास बालुवाटारमा बोलाउन सुरु गरेका थिए।

त्यसपछि बालुबाटारलाई दलीय बैठक स्थलका रुपमा प्रयोग गर्ने क्रमले निरन्तरता पाएको छ । कोइराला त्यतिबेला पार्टी सभापति नभए पनि उनले आफ्नो समूहको बैठक प्रधानमन्त्रीका नाताले बालुवाटारमा डाक्ने गरेका थिए । उनले पार्टीका दुई गुट छत्तीसे र चौहत्तरेमध्ये आफ्नो पक्षको चौहत्तरे समूहको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पटकपटक आयोजना गरेका थिए।

त्यसपछि सत्तामा सत्ताको नेतृत्व गरेका कांग्रेस, कम्युनिस्टलगायत दलले यसलाई संस्कारकै रुपमा विकास गर्दै आएका छन् । यो संस्कृतिलाई वमपन्थी दलले समेत पछ्याउँदै आएको नेकपाले बालुवाटारमा पछिल्लो महिना आयोजना गरेका बैठकबाट प्रस्ट भएको छ।

सत्तासीन दल र सत्ता भनेको फरक कुरा हो, यो विषयमा नेताहरुलाई चेत नहुँदा प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा दुरुपयोग गरिएको छ।

सत्तासीन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष एउटै भएकाले उनको समयको सदुपयोगका लागि प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बोलाउने गरेको बताए।

‘यसको मुख्य कारण प्रधानमन्त्रीको समयको सदुपयोगका लागि मात्रै हो,’ श्रेष्ठले भने। पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइँदा समयको सदुपयोग हुने श्रेष्ठको तर्क छ । श्रेष्ठ पनि पार्टी बैठक सकेसम्म सरकारी निवासभन्दा पार्टी कार्यालयमा गनुपर्ने बताउँछन्।

प्रकाशित ३ साउन २०७५, बिहिबार | 2018-07-19 06:38:27
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...