नेपाली झण्डा समाउँदै म्याराडोनाले भने: मैले अर्जेन्टिनापछि पहिलोपटक अर्को देशको झण्डा समाते


Infocus


म्याराडोनासँग नेपाली झन्डासहित फोटो खिचाउँदै केसी
म्याराडोनासँग नेपाली झन्डासहित फोटो खिचाउँदै केसी

सन् १९९९ मा अर्जेन्टेनी लिजेन्ड डियगो म्याराडोनाका समर्थक ललितपुर इमाडोलका सुरेश केसी उनलार्इ भेट्ने अाशा र कामको सिलसिलामा अर्जेन्टिना पुगेका थिए।

NIC ASIA

सुरुअाती दिनहरुमा केसीले त्यहाँको रेस्टुँरामा काम गरे। सोही क्रममा उनको चिनजान एकजना स्थानिय क्लबका अध्यक्षसँग भयो। जसलार्इ उनले नेपालमा अर्जेन्टिना र म्याराडोनाका समर्थकहरु धेरै भएको बताएका थिए। केही समयपछि सोही अध्यक्ष मार्फत एउटा खेलको क्याटरिङको जिम्मा उनले पाए।

२००२ मा उनले क्याटरिङको जिम्मा पाएको खेल हेर्न म्याराडोनापनि अाउने भएपछि उनले अाफ्ना अार्दश खेलाडीलार्इ भेट्ने अवसर पाएको खबर नेपाल म्यागेजिनमा गोकर्ण गौतमले लेखेका छन्। अन्यले जस्तै म्याराडोनाले कहाबाट अाएको भनेर सोधे? केसीले भने, 'म माउन्ट एभरेष्टको देशबाट हो।'

म्याराडोनासँग नेपाली झन्डासहित फोटो खिचाउँदै केसी

म्याराडोनासँग नेपाली झन्डासहित फोटो खिचाउँदै केसी

नेपालबारे पूरै बेखबर म्याराडोनाले प्रतिप्रश्न गरे, म्याउन्ट एभरेष्ट त इन्डियामा पर्दैन र? जवाफमा केसीले एभरेष्ट र बुद्ध जन्मस्थल नेपालमा पर्नेबारे उनलार्इ बताए।

पहिलो भेटमा म्याराडोनासँग सामान्य कुराकानीमात्रै गरेका केसीले पुन: २०१५ मा म्याराडोनालार्इ दोस्रोपटक भेट्ने अवसर पाए। यसपटक पनि संयोग क्याटरिङले जुराएको थियो। अर्जेन्टिनी फुटबल एसोसियसनमा तनाव भएपछि त्यसबारे डाकिएको बैठकको क्याटरिङको जिम्मा केसीले पाएका थिए।

यसपटक भने केसी नेपालको झन्डा बोकेर तस्बिर खिचाउने उदेश्यले पुगेका थिए। म्याराडोनालार्इ भेटनासाथ केसीले नेपाली झन्डामा हस्ताक्षर गर्न अनुरोध गरे। म्याराडोनाको जवाफ थियो, 'राष्ट्रिय झन्डा देशको प्रतिक हो। त्यसैले साइन गरेर यसको अपमान गर्दिन। बरु हातले उठाउँछु।' 

अनि दुबै जनाले झन्डा उठाएर तस्बिर खिचे। त्यसपछि म्याराडोनाले भने, 'मैले अर्जेन्टिनापछि पहिलोपटक हो अन्य देशको झन्डा समातेको। तर, म खुशी छु।' सँगै उनले नेपाललार्इ विश्वकप खेल्न शुभकामना दिए।  

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 12:31:42
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...