घटयो विशाखापट्टनमको उत्साह




कोलकाता बन्दरगाहको समस्याले आजित नेपाली आयातकर्ता भारतकै अर्को बन्दरगाह विशाखापट्टनम खुला भएपछि एक वर्षअघि जति उत्साहित थिए, अहिले त्यसमा कमी आएको छ।

NIC ASIA

विशाखापट्टनममा नेपाली महावाणिज्य दूतावास नहुनु तथा आयात प्रक्रियाका कागजात तयार पार्न झन्झट हुनुलगायतका कारणले नेपाली आयातकर्ताको उत्साह घटेको खबर आजको कान्तिपुर दैनिकमा पर्साबाट शंकर आचार्यले लेखेका छन्।

कोलकाता बन्दरगाहको ढिलासुस्ती, मनोमानी र अव्यवस्थाले पीडित नेपाली आयातकर्ताले मालवस्तु आयात गर्न नाका परिवर्तन गरी विशाखापट्टनम बन्दरगाहतर्फ मोडिएकामा पछिल्लो तीन महिनायता पुनस् कोलकाता बन्दरगाहतर्फ नै फर्किन थालेका छन् ।

नेपाली आयातकर्तालाई लक्षित गरी विशाखापट्टनम बन्दरगाहले सिर्सिया सुक्खा बन्दरगाह वीरगन्जका लागि २०१७ जुनबाट सेवा दिन सुरु गरेको थियो । यसले कोलकाता बन्दरगाहको नेपालमा रहेको एकलौटी व्यापारको अन्त्य गरेर उसलाई कडा चुनौतीसमेत दिएको थियो ।

लामो समयदेखि नेपाली आयातकर्ताले कोलकाता बन्दरगाहमा भोग्दै आएको कस्टम हाउस एजेन्टको मनोमानी, बिचौलियाको मोलतोल र कोलकाता बन्दरगाहको अव्यवस्थाको समस्या विशाखापट्टनम बन्दरगाहमा भोग्न नपरे पनि त्यहाँ नेपाली महावाणिज्य दूतावास नहुँदा दिल्लीस्थित नेपाली दूतावासबाटै आवश्यक कागजात प्रक्रिया तयार पार्नुपर्ने बाध्यता नहटेपछि नेपाली अयातकर्तालाई विशाखापट्टनम बन्दरगाह हुँदै तेस्रो मुलुकबाट मालवस्तु आयातको काम त्यति सहज बनेको छैन।

विशाखापट्टनममा कोलकाता बन्दरगाहजस्तो कस्टम हाउस एजेन्ट चाहिँदैन । त्यहाँ अन्तर्राष्ट्रिय सिपिङ लाइन एजेन्सीहरू मक्र्स लाइन, बीएलपीएल, अस्टियर लजेस्टिक र पोर्ट ट्रेड सिपिङ एन्ड लजेस्टिकले तेस्रो मुलुकबाट नेपालका लागि कन्टनेर ढुवानी गरिरहेका छन् ।

यी कम्पनीले नेपाली आयातकर्तासँग तेस्रो मुलुकबाट मालवस्तु ढुवानीदेखि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहसम्म कन्टेनर हयान्डलिङसम्मको एकीकृत सुविधासमेत दिइरहेका छन् । तर, विशाखापट्टनमबाट मालवस्तु आयात गर्दा खोलिने प्रतीतपत्रमा नेपाल राष्ट्र बैंकले कडाइ गर्दै आएको छ।

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरी पनि विशाखापट्टनममा नेपाली महावाणिज्य दूतावास नहुँदा सबैभन्दा ठूलो समस्या भएको बताउँछन् । सञ्चालनमा आएपछि कोकलाता बन्दरगाहलाई विशाखापट्टनमले कडा टक्कर दिएको र झन्डै कोलकाताकै हाराहारीमा वीरगन्जमा कन्टेनर पठाइरहेको विशाखापट्टनममा पछिल्लो समय नेपाली महावाणिज्य दूतावास नहुँदाको समस्या समाधान नभएकाले आयातकर्तालाई झन्झट भएको उनले बताए।

‘सबैभन्दा ठूलो समस्या त्यहाँ नेपाली महावाणिज्य दूतावास नहुनु र अझै पनि दिल्ली दूतावासबाटै मालवस्तु आयातको कागजात तयार पार्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यसका साथै नेपाल राष्ट्र बैंकले विशाखापट्टनमबाट कन्टेनर ल्याउँदा खोलिने प्रतीतपत्रमा कडाइ गर्नु र समयमा पेपर क्लियर नहुँदा विशाखापट्टनमबाट एउटा कन्टेनर छुटाउन डेढदेखि दुई महिना लाग्दा आयातकर्तालाई सकस भइरहेको छ।’

विशाखापट्टनम बन्दरगाहमा सुरुदेखि हालसम्म नयाँ–पुराना गरी १ हजार ४ सयभन्दा बढी कन्टेनर अड्किएर बसेको उनले बताए । तीमध्ये केही पुराना हुन् भने केही नयाँ हुन् । कतिपयको आवश्यक कागजात अझै पनि तयार भएको छैन । कतिपय कन्टेनरको जाँचपास गराउन झन्झट भएकाले आयातकर्ता थाकेर बसेको अवस्था रहेको उनी बताउँछन्।

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 10:01:18
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।