घाटबाट शवसहित १९ मलामी नियन्त्रण


Infocus


भीमसेन गाउँपालिका–१, सपुंगेकी ७० वर्षीया विभा विश्वको दाहसंस्कारका लागि लगिएको शव र १९ जना मलामीलाई प्रहरीले घाटबाटै नियन्त्रणमा लिएको छ।

NIC ASIA

हत्या शंकामा ७० वर्षकी विभा विश्वको शव र मलामी गएका १९ जनालाई घाटबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक मोहन श्रेष्ठले जानकारी दिए।

आफ्नै छोरा राजेश विश्वले हत्या गरेको स्थानीयको सुराकीका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको श्रेष्ठले बताए। गोरखाबाट शिव उप्रेतीले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ। 

उनले भने ‘शवको प्रकृति हेर्दा सहज मृत्यु पनि होइन, आत्महत्या पनि होइन भन्ने बुझिन्छ। यो पोस्टमार्टमपछि नै थाहा हुन्छ।’ स्थानीयका अनुसार छोराले प्राय सधैं मदिरा सेवन गरी घरमा आई आमालाई कुटपिट गर्ने गरेको खुलेको छ।

प्रहरीमा आएको जानकारी अनुसार राजेशले आमालाई बिहीबार कुटपिट गरेर सख्त घाइते बनाएका थिए।

‘हामीलाई आएको जानकारी अनुसार अस्ति (बिहीबार) छोराले आमालाई कुटपिट गरेर घाइते बनाएका थिए’, जिप्रका गोरखाका डिएसपी भेषराज रिजालले भने, ‘घाइते राजेशकी आमाको शनिबार बिहान मृत्यु भएको रहेछ ।

गाउँलेले पनि मरेकै भनेर जलाउन घाटमा लगेको बेला उक्त घटना छोराले घटाएको भनेर सूचना आएपछि प्रहरीले शव र मलामीलाई नियन्त्रणमा लिएको छ।’

मलामी गएका १९ जना अहिले जिल्ला प्रहरी कार्यालयमा छन् भने शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गोरखाको शवगृहमा राखिएको छ।

प्रहरीका अनुसार मृतक विभाको शरीरका विभिन्न भागमा चोटपटक र निलडाम छ ।

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 08:46:14
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...

  • प्रधानमन्त्री केपी शर्मा ओली।

    हप्तादिनमै अरिङ्गालबाट मौरीतर्फ ओलीको ‘यु-टर्न’

    पार्टीका नेता तथा कार्यकर्तालाई विरोधीमाथि अरिंगालझैँ जाइलाग्न निर्देशन दिएको हप्ता दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली ‘यू–टर्न’ भएका छन्।