Exclusive

न्युजल्याण्डकी प्रधानमन्त्रीले जन्माइन् छोरी



न्युजल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले छोरी जन्माएकी छन्।

प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनेमा आर्डेन विश्वको दोस्रो महिला प्रधानमन्त्री भएकी छन्। यसअघि सन् १९९० मा पाकिस्तानी प्रधानमन्त्री वेनिजिर भुट्टोले प्रधानमन्त्री पदमा रहँदै सन्तान जन्माएकी खबर आजको अन्नपूर्ण पोष्टले छापेको छ।

प्रधानमन्त्री जासिन्दा आर्डेनको यो पहिलो सन्तान हो। प्रधानमन्त्री आर्डेन अहिले ३७ वर्षकी भएकी छन् भने उनका श्रीमान क्लार्क गायफोर्ड ४० वर्षका छन् । उनीहरुले जन्माएको बच्चाको तौल ३.३१ किलोग्राम रहेको अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन्।

‘निश्चय नै बाबुआमा हुदाँ सिर्जना हुने उत्साह हामीले अहिले महसुस गरेका छौं, तर यही बेला हामीप्रति शुभेच्छा प्रकट गर्ने हाम्रा आफन्तजन तथा शुभेच्छुकप्रति पनि हामी कृतज्ञ छौ,’ आर्डेनले भनेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत् आफ्नो बच्चा स्वस्थ रहेको र राम्रो भइरहेको बताइन्।

‘राम्रो सेवा प्रदान गरेकोमा हामीले औकल्याण्ड सिटी अस्पतालको टोलीलाई विषेश धन्यवाद दिन चहान्छौं,’ उनले भनिन् । प्रधानमन्त्री आर्डेन र उनका श्रीमान क्लार्क गायफोर्डले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘वी वान’ तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी आफूलाई निकै भाग्यमानी ठानिरहेका छौँ।

आर्डेन र गायफोर्डले आफ्नो बच्चाको लैङ्गिक पहिचान पहिले नै थाहा पाएको भएपनि गोप्य राख्ने निर्णय गरेका थिए । आर्डेन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धन बनाएपछि न्यूजिल्याण्डकी सन् १८५६ यता कै सबैभन्दा कान्छी प्रधानमन्त्री भएकी थिइन् भने गर्भवती भएपछि उनी पदीय जिम्मेवारीमा निश्क्रिय रहेकी थिइन्।

छोरीलाई जन्म दिएपछि आर्डर्नले सुत्केरी बिदा लिएकी छन्। अस्पताल जानुअघि उनले उपप्रधानमन्त्री विन्स्टन पिटर्सलाई आफ्ना जिम्मेवारी सुम्पिएकी छन्।तर उनले आफू छ साताको सुत्केरी बिदामा रहेको बेलापनि मन्त्रिपरिषद्को दस्तावेजहरूको अध्ययन गर्ने बताएकी छन्।

आमा बनेको सामाचार सार्वजनिक भएपछि उनलाई न्यूजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेर क्लार्क र अस्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुल लगायतका व्यक्तिबाट बधाइको ओइरो लाग्न थालेको छ।

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 08:20:48
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...

  • केपी शर्मा ओली र कमल थापा

    कमल थापासँग ओलीले भने: ‘कांग्रेसले धोका दिन्छ है’ भनेको थिएँ, नपत्याउँदा नराम्रोसँग हार्नुभयो

    ‘गन्तव्य भए पो कम्पास काम लाग्छ, तर कांग्रेसको गन्तव्य नै छैन, कम्पासले कहाँ जाने भन्ने बाटो देखाउँछ, कहाँ जाने भन्ने नै थाहा नभएपछि कम्पासको के काम?’