कालोपत्रे भइसकेको ग्वार्को-सानेपा सडक फेरि भत्काइने




चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित देखिएको छ।

NIC ASIA

दुईतर्फ कालोपत्रे सकिएपछि ग्वार्कोदेखि सानेपा पुलसम्मको खण्डमा मात्रै ११ महिनायता २२९ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने १०९ घाइते भएका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

सडकमा ट्राफिक लाइट, लेन लाइन, जेब्रा क्रसिङ, आकाशे पुल तथा वैज्ञानिक फुटपाथ नहुँदा दुर्घटना बढेको सातदोबाटो ट्राफिक वृत्तका प्रमुख सीताराम हाछेथू बताउँछन् । ‘सडकको दुवैतर्फ आंशिक रूपमा गाडी चलेको ११ महिनाजति भयो । यस अवधिमा २ सय २९ दुर्घटना भए । १२ जनाले त ज्यानै गुमाए,’ हाछेथूले भने, ‘सडकमा लेन रेखा छैन । सडक बत्ती छैन । जेब्राक्रसिङ छैन । न ट्राफिक लाइट राखिएका छन् । सडक पूर्ण रूपमा सञ्चालन नहुँदै यति धेरै दुर्घटना हुनुको कारण यही हो।’

 प्रहरी वृत्त सातदोबाटोका अनुसार जेब्राक्रसिङ, लेन सिग्नल र ट्राफिक सिग्नल नहुँदा दोषीलाई कारबाही गर्नसमेत गाह्रो भएको छ । वृत्त प्रमुख हाछेथूले भने, ‘सडक त बन्यो । ट्राफिक जाम पनि हट्यो । तर, दुर्घटना बढ्यो । दोषी पहिचान गर्न लेन सिग्नल चाहियो । सिग्नल नै नभएपछि कसरी कारबाही गर्ने रु दोषी कसरी प्रमाणित गर्ने? सडक बनाएपछि आधारभूत आवश्यकता पनि पूरा गर्नुपर्छ।’

‘ड्रइङ एन्ड डिजाइन’मै त्रुटि
पाँच अर्ब रुपैयाँ चिनियाँ सहयोगमा निर्माणाधीन कोटेश्वर–कलंकी सडकमा ९५ प्रतिशत काम सकिएको छ । ४ अर्ब ३२ करोड ५५ लाख ९० हजार खर्च भइसकेको छ । ८.९ किमि सडक कालोपत्रे भइसक्दा सडक चोकमा ट्राफिक लाइट कतै पनि राखिएको छैन ।

१०.३९ किमि लम्बाइको सडकमा जम्मा तीनवटा मात्रै ‘अभोरहेड ब्रिज’ बनाइएका छन् । जब कि यो सडकमा ५ सय मिटरको फरकमा एक ओभरहेड ब्रिज आवश्यक पर्छ । सडकमा वैज्ञानिक डिभाइडर बनाइएको छैन । फुटपाथको अवस्था पनि त्यस्तै छ । सडकबत्तीको कल्पना नगरिनु अर्को आश्चर्यको पाटो हो । सडकमा साइड ट्र्याकको व्यवस्था छैन । न ट्राफिक आइल्यान्डकै कल्पना गरिएको छ ।

सडक विभाग वैदेशिक महाशाखा प्रमुख सञ्जय श्रेष्ठले कोटेश्वर–कलंकी सडकको ‘ड्रइङ एन्ड डिजाइन’मै केही त्रुटि रहेको बताए । उनले भने, ‘सडकमा ट्राफिक लाइट, ट्राफिक आइल्यान्ड, सडकबत्तीलगायतका आधारभूत पक्ष नक्सामै छैन । नक्सा केही नमिलेकै हो । निर्माणका लागि सम्झौता गर्दा नै सोच्नुपथ्र्यो । त्यस वेलाका विभाग प्रमुख, महाशाखा प्रमुख मात्र होइन, मन्त्रालयका जिम्मेवार व्यक्तिले समेत त्यतातिर ध्यान नदिएको देखिन्छ।’

काठमाडौं चक्रपथ सडक सुधार आयोजनाका इन्जिनियर निरञ्जन अर्यालले सडकको डिजाइन सन् २००८ तिरै गरिएकाले यस्तो त्रुटि भएको बताए । ‘सडकको ड्रइङ एन्ड डिजाइन चिनियाँ प्राविधिकबाटै भयो । उनीहरूले त्यस वेला ‘एक्सप्रेस हाइवे’को कन्सेप्टबाट सडकको प्लानिङ गरे । त्यो पनि सन् २००८ तिरै । सडक त्यहीअनुसार बन्यो,’ अर्याल भन्छन्, ‘तर, यहाँको आवश्यकता एक्सप्रेस हाइवेभन्दा पनि सिटी हाइवे रहेछ । जुन अहिले आएर थाहा भयो । त्यही भएर सडकमा केही नपुगेजस्तो देखिएको छ ।’

बनेको सडक फेरि भत्काइने
सडकको नक्सामै सडकबत्ती, ट्राफिक लाइट, पर्याप्त ओभर हेड ब्रिज नभएपछि चक्रपथ सडक सुधार आयोजना आफैँले सडकमा आवश्यकताअनुसारका संरचना थप्ने योजना बनाएको छ । आयोजनाका अनुसार सडकको काटेश्वर, बालकुमारी, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, एकान्तकुना र बल्खु चोकमा ट्राफिक लाइट निर्माण गरिनेछ।

त्यस्तै, प्रत्येक पाँच सय मिटरको फरकमा निर्माण गरिने ‘ओभर हेड ब्रिज’ पनि आयोजनाले नै गर्नेछ । त्यसबाहेक सडकबत्तीका लागि आवश्यक पोल गाड्ने काम पनि आयोजनाले नै गर्नेछ । यसका लागि उक्त क्षेत्रहरूमा कालोपत्रे गरिएको सडक भत्काउनुपर्छ ।

आयोजनाका इन्जिनियर अर्यालले भने, ‘उनीहरूका नक्सामा तीनवटा मात्रै आकाशे पुल निर्माण हुने भनिएको छ । त्यो बनाएर पनि सके । तर, अहिले त्यति पुलले नपुग्ने देखियो । यसका लागि प्रत्येक ५ सय मिटरको फरकमा हामी नै आकाशे पुल बनाउँछौँ । यसका लागि करिब २२ करोड विनियोजन पनि गरिएको छ । उनीहरूको जिम्माको काम सकेपछि मात्रै हामी आफ्नो काम सुरु गर्छौं । ट्राफिक लाइट निर्माणका लागि भने अहिलेसम्म बजेट छैन।’

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 08:00:57
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...

  • अर्थ मन्त्रालय

    अाज आर्थिक वर्षको अन्तिम दिन, सरकारको कमाइ कति?

    सधैँजस्तै साउन १ देखि याे वर्ष पनि सरकारकाे क्यालेन्डर फेरिँदैछ।

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...