Exclusive

आठ वर्षीय बालकको पेटबाट ७ सय ग्राम जुका निकालियो



ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेका आठ वर्षीय बालकको पेटबाट चिकित्सकले ७ सय ग्रामभन्दा बढी जुका निकालेका छन्।

चिसंखुगढी गाउँपालिका– ६ भदौरेका झनमाया मगरका ८ वर्षीय छोरा मदन मगरको पेटबाट शल्यक्रिया गरेर चिकित्सकले जुका निकालेका खबर आजको नयाँ पत्रिका दैनिकमा ओखलढुंगाबाट पूर्णप्रसाद न्यौपानेले लेखेका छन्।

लामो समयदेखि बिरामी परेका मगरलाई ओखलढुंगा सामुदायिक अस्पताल ल्याइएको थियो । चिकित्सकले दुई घन्टा लगाएर शल्यक्रिया गरी जुका निकालेका हुन् । पेटमा भएको जुकाकै कारण बालकको श्वासप्रश्वनस बढ्ने, हिँड्न नसक्ने, खाना खान मन नगर्ने र बान्ता गर्नेलगायत लक्षण देखाएका थिए ।

यस्ता लक्षण देखाएपछि गाउँघरमै धामीझाँक्री लगाउँदै आएका परिवारले रोग निको नभएपछि अस्पताल ल्याइएको मदनकी आमा झनमाया राना मगरले बताइन् । ‘सुरुमा वाकवाक ग¥यो पछि झन्झन् भुँडी दुख्ने समस्या बढेपछि धामीलाई देखाएर बसेँ।अस्पताल ल्याएर अप्रेसन गर्दा त डरलाक्दो जुका पो रहेछ,’ उनले भनिन्।

समयमै अस्पताल आइपुगेकाले बालकलाई बचाउन सफल भएको ओखलढुंगा सामुदायिक अस्पतालका डाक्टर रवीन्द्र मेहताले बताए । ‘पेट फुलेको थियो, हामीले एक्स रे गरेर हे¥यौ। आन्द्रा अवरुद्ध भएको देखियो तर जुकै हो भन्ने चाहिँ अनुमानसमेत गरेका थिएनौं,’ उनले भने। पहिले बालकलाई औषधि चलाएको भए पनि निको नभएपछि आन्द्रा काटेर जुका निकालेको उनले सुनाए।

प्रकाशित ९ असार २०७५, शनिबार | 2018-06-23 09:02:42
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।