टिपरको ठक्करबाट महिना दिनमै ६ को मृत्युः कसरी रोक्ने टिपर आतंक ?


Infocus


पछिल्लो एक महिनामा मात्र टिपरचालकको लापरबाहीबाट उपत्यकामा ६ जनाको ज्यान गएको छ। घाइते हुनेको संख्या झनै धेरै छ। पछिल्लो एक महिनाको अवधिमा टिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १० जति पुगेको छ।

NIC ASIA

सवारी दुर्घटना भई कसैको ज्यान गएमा चालकलाई नेपाल प्रहरीले २५ दिन अनुसन्धानमा राख्न पाउँछ। त्यसपछि अदालतमा मुद्दा चलाउनुपर्छ। मुद्दा अदालतमा पुगेपछि त्यस्ता चालकलाई पुर्पक्षमा राखिन्छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ मा कसैको ज्यान जानसक्ने गरी चालकले लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना भएको रहेछ र यसबाट मृत्यु भएको रहेछ भने चालकलाई दुईदेखि १० वर्षसम्म कैद हुने उल्लेख छ।

त्यसैगरी चालकको लापरबाही देखिएन तर दुर्घटनामा गाडीभित्र वा बाहिर बस्नेको मृत्यु भएको रहेछ भने बढीमा एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ। नेपालको सन्दर्भमा पछिल्लो प्रावधान बढी अभ्यासमा रहेको पाइन्छ।

लाइसेन्स भएको र मापसे नगरेको अवस्थामा सवारी चलाउँदा दुर्घटना भई कसैको ज्यान गएमा चालकलाई बढीमा एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ जरिवाना हुने गरेको छ। सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता मणिराम न्यौपानेका अनुसार यस्तो अवस्थामा धेरैजसो चालकलाई सामान्यतया डेढदुई महिना जेल सजाय तोकिन्छ।

जेल सजाय भोगेपछि चालक पुनः सोही पेसामा आउन सक्छ। विभिन्न यातयात समितिले पनि दुर्घटना गराउने चालकलाई कानुनी कारबाहीबाट जोगाउन सक्दो कसरत गर्छन्। यसै कारण पनि अपरिपक्व र कलिलै उमेरका टिपरचालक सडक अनुशासन पालनमा बेप्रवाह र अटेरी बन्दै गएको खबर आजको नागरिक दैनिकमा खिलक वुढाथोकीले लेखेका छन्।

मृतकका आफन्तलाई दिनुपर्ने क्षतिपूर्ति बिमा कम्पनी वा यायायात समितिले दिन्छन्। चालकलाई जेल सजायबाहेक आर्थिक भार पर्दैन्। सजायसम्बन्धी कडा कानुनको व्यवस्था नहुँदा चालक सजिलै उम्किन पाउँछन्। यसै कारण सवारीचाक अनुशासनहीन बन्दै जाँदा दुर्घटना बढेको यातायात क्षेत्रको विकृतिविरुद्ध आबाज उठाउँदै आएका रामबहादुर थापा बताउँछन्।

‘चालकलाई कडा कारबाही नगर्दा दुर्घटना बढेका छन्,’ थापाले भने, ‘सडक दुर्घटना कम गर्न कडा दण्ड व्यवस्था हुनुपर्छ।’ मनपरी गाडी चलाउनेको चालकको अनुमतिपत्र खारेजको व्यवस्था गर्न पनि उनी सुझाउँछन्।

ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु पनि दण्डसजायको कमजोर अभ्यासले चालकमा लाहपरबाही बढेको बताउँछन्। ‘चालकलाई सचेत गराउने कानुन ल्याउनुपर्छ,’ उनले भने, ‘अहिलेको कानुनले चालकलाई सचेत र जिम्मेबार बनाउन सकेजस्तो लाग्दैन्।’ गल्ती गरे कठोर कारबाही हुन्छ भन्ने डर चालकमा भएमात्र उनीहरू होसियार हुन्छन् र दुर्घटना पनि घट्ने उनको बुझाइ छ।

यातायात व्यवस्था विभाग भने ऐनलाई संशोधन गरी कारबाहीको दायरा फराकिले बनाउन लागेको बताउँछ। ऐनमा गल्ती गर्ने चालकलाई निलम्बन, लाइसेन्स खारेजीजस्ता प्रावधान थप्न लागिएको विभागका एक अधिकारीले बताए।

 

प्रकाशित ९ असार २०७५, शनिबार | 2018-06-23 06:52:36
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...